रा.प्र.पाका वडा अध्यक्षका उमेद्वार सहित ८३ जना प्रवेश गरे नेकपा एमालेमा

०७ कार्तिक २०७८ – नेकपा एमाले मकवानपुर गढी गाउँपालीका वडा अधिवेशनको क्रममा गत स्थानीय तहको निर्वाचनमा मकवानपुर गढी वडा नम्बर ३ का राप्रपा तर्फका वडा अध्यक्षका उमेद्वार तथा सु-साशन टोल विकाश सस्थाका पूर्व अध्यक्ष रहेका राजकुमार दुलाल ,अभियान बाख्रा फर्मका संचालक सूर्यनारायण पुडासैनी, युवा व्यब्साही सुशील अधिकारी सहित अन्य विभिन्न पार्टी परित्याग गरि ८३ जना नव प्रवेशीहरु नेकपा एमाले प्रवेस गरेका छन् ।

नव प्रवेशीहरुलाई नेकपा एमाले मकवानपुरजिल्ला कमिटि अध्यक्ष बद्रि लम्साल, जिल्ला कमिटि सल्लाहकार,गाउ कमिटि पधाधिकारी लगाएत अथितिहरुले टिका खादा लगाएर स्वागत गरेका थिए ।

र अन्य ईच्छुकहरुलाई १३ गते हुने गाउ अधिवेशनमा प्रवेश गराइने नेकपा एमाले मकवानपुर गढी गाउँपालीका वडा नं ३ का सचिब बिदुर हुमागाईंले जानकारी दिदै अब समाजका हरेक गतिविधिहरुमा युवा सहभागितामा जोड दिन आफु प्रतिबद्ध रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup