०८ कार्तिक २०७८ अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा मकवानपुरको बागमती गाउपालिका की उपाध्यक्ष धनमाया स्याङ्तानले आफ्नो पद स्थानीय किशोरी आयुषा श्रेष्ठलाई हस्तान्तरण गर्नुभयको छ  ग्रामीण महिला सेवा केन्द्र र प्लान इन्टरनेसनल नेपालको संयुक्त साझेदारीमा सञ्चालित नेतृत्व र निर्णय कार्यक्रममा Girls get equal अन्तरगत girls take over कार्यक्रममा १ घण्टाका लागी ती किशोरीलाई पद हस्तान्तरण गर्नुभएको हो उक्त अवसरमा आयुषाले कसरी बालबालिकालाई सुरक्षित इन्टरनेटको पहुँच प्रदान गर्न सकिन्छ भन्ने विषयमा पालिकाका साखा प्रमुखहरु संग अन्तरक्रिया गर्नुभएको थियो ।

ग्रामीण महिला सेवा केन्द्रकी उपाध्यक्ष मेनुका घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती गाउपालिका की उपाध्यक्ष धनमाया स्याङ्तानको प्रमुख आतिथ्यता र बागमती गाउपालिका वडा नं ४ का वडा अध्यक्ष रहर सिं थिंग को विशिष्ट आथित्यतामा रहेको थियो । कार्यक्रममा बोल्नुहुदै सुचना तथा प्रशासन साखा प्रमुख सुधन लामिछानेले महिला नेतृत्व अघाडी आउन आवश्यक रहेको महसुस बताउदै नेपाल सरकारले इन्टरनेट बिस्तारमा ध्यान दिन अनुरोध समेत गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै कार्यक्रमका विशिष्ट अतिथि एबं बागमती गाउपालिका वडा नं ४ का वडा अध्यक्ष रहर सिं थिंगले इन्टरनेटको दुरुप्रयोगबढ्दो रहेकोले जनचेतनामूलककार्यक्रम गर्न अब सबै केन्द्रित हुन पर्नेमा जोड दिनु भयो ।

त्यस्तै कार्यक्रमकी प्रमुख अतिथि एवं पालिका की उपाध्यक्ष धनमाया स्याङ्तानले यस प्रकारको कार्यक्रम सुरुको दोस्रो बर्षमा गर्न सकेको भएमा अझ प्रभावकारी हुने र केहि समयको लागी भए पनि आफुले स्वतन्त्र र हलुका महसुस भएको बताउनु भयो ।

कार्यक्रमकी सभाध्यक्ष एवं ग्रामीणकी उपाध्यक्ष मेनुका घिमिरेले प्रविधिको विस्तार गर्न इन्टरनेट विस्तार गरिरहदा यसको दुरुप्रयोग बाट घट्न सक्ने घटनाको न्यूनीकरण गर्न कानुनी सहायताको बारेमा अभिमुखीकरण तथा सचेतना गर्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा प्लान ईन्टरनेशनलकी कार्यक्रम संयोजक शृजना बज्राचाय ग्रामिण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दीपक न्यौपाने , SBCC सहजकर्ता सामाजिक परिचालिका लगायतको उपस्थिति रहेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्