२०७८ कार्तिक १०
मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा एशोसियट तर्फको उपाध्यक्षमा उज्जवल चौलागाई विजयी हुनु भएको छ ।
उहाँले ६३ मत प्राप्त गर्दा अर्का उम्मेदवार विष्णु खनालले ५० मत प्राप्त गर्नु भएको थियो । । निर्वाचनमा ११७ मत मध्ये ११६ मत खसेको थियो ।
त्यस्तै एशोसियट तर्फको सदस्यहरुमा अंकिता सुमार्गीको ७१ मत, गणेशप्रसाद भेटुवालको ७७ मत, नवराज खतिवडाको ५४ मत , राजाराम कार्कीको ६५ मत, राजु थापाको २८ मत , रामशरण दुलालको ३१ मत, अशोक कुमार राउतको ३७ मत र दीपक उप्रेतीको ७३ मत प्राप्त गरेका छन् ।
जसमा सुमार्गी, भेटुवाल, कार्की र उप्रेती विजयी भएका छन् ।