मउवा संघ निर्वाचनः अध्यक्ष पदमा गुप्ता विजयी

 

१० कार्तिक २०७८  मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा अध्यक्ष पदमा कृष्ण कुमार गुप्ता (अग्रवाल) विजयी भएका छन् ।उनले अर्का उम्मेदवार राजकुमार न्यौपानेलाई पराजित गर्दै १ हजार २४६ मत ल्याई विजयी भएका हुन् । न्यौपानेले भने १ हजार १५५ मत प्राप्त गरेका थिए । उनी ९१ मत अन्तरले पराजित भए ।अध्यक्ष पदका लागि वाणिज्यको १,५१५ मत, उद्योगको ७५३ मत, एशोसियटको ११६ मत, र वस्तुगत ३१ मत गरी २ हजार ४१५ मत खसेको थियो ।निर्वाचनमा कडा प्रतिस्पर्धाका साथ गुप्ता र न्यौपानेको भिडन्त देखिएको थियो ।नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रको चुनावमा पराजित भएका न्यौपाने पुनः जिल्लामा अध्यक्षमा उम्मेदवारी दिएका हुन् । उनी संघको पूर्व अध्यक्ष समेत रहेका छन् । यस अघि गुप्ता भने वाणिज्य तर्फको उपाध्यक्ष रहेका थिए ।

एशोसियट तर्फको उपाध्यक्षमा उज्जवल चौलागाई विजयी

मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा एशोसियट तर्फको उपाध्यक्षमा उज्जवल चौलागाई विजयी भएका छन् ।उनले ६३ मत प्राप्त गर्दा अर्का उम्मेदवार विष्णु खनालले ५० मत प्राप्त गरेका थिए । निर्वाचनमा ११७ मत मध्ये ११६ मत खसेको थियो ।त्यस्तै एशोसियट तर्फको सदस्यहरुमा अंकिता सुमार्गीको ७१ मत, गणेशप्रसाद भेटुवालको ७७ मत, नवराज खतिवडाको ५४ मत , राजाराम कार्कीको ६५ मत, राजु थापाको २८ मत , रामशरण दुलालको ३१ मत, अशोक कुमार राउतको ३७ मत र दीपक उप्रेतीको ७३ मत प्राप्त गरेका छन् ।जसमा सुमार्गी, भेटुवाल, कार्की र उप्रेती विजयी भएका छन् ।

वाणिज्य तर्फको उपाध्यक्षमा अनिल अग्रवाल विजयी

मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा वाणिज्य तर्फको उपाध्यक्षमा अनिल अग्रवाल विजयी भएका छन् । उनले अर्का उम्मेदवार रामप्रसाद न्यौपानेलाई पराजित गर्दै ६७२ मत ल्याई विजयी भएका हुन् । न्यौपानेले भने ६१८ मत प्राप्त गरेका थिए ।वाणिज्यमा १८७० मतदाता मध्ये १५१५ मत खसेको थियो ।  वाणिज्यको सदस्य तर्फभने अनिलभक्त श्रेष्ठ(७५८ ) कुलप्रसाद चौलागाई (९०३ ), कृष्णप्रसाद ढुङ्गाना (५९७), जावेद हुसेन (५८३ ), दामोदर पाठक (६३४ ),दीपक खत्री (५९७ ), दिवस पराजुली (६५८ ), नेत्रप्रसाद खतिवडा (७२३), बालकृष्ण बजगाई(६०७), विष्णुप्रसाद दाहाल( ५९२) माधव ज्ञवाली (६८३ ), विकेशलाल श्रेष्ठ (८७० ) सुदर्शन खरेल (७७१ ) हरिनारायण ठाकुर (३६२) ले मत प्राप्त गरेका छन् । जसमा अनिलभक्त श्रेष्ठ, कुलप्रसाद चाैलागाई, दिवस पराजुली, नेत्रप्रसाद खतिवडा, माधव ज्ञवाली, विकेशलाल श्रेष्ठ, सुदर्शन खरेल विजयी भएका छन् । ७ जना सदस्यमा १४ जनाले उम्मेदवारी दिएका थिए ।यसैगरी वाणिज्य सदस्य महिला आरंक्षण तर्फ निलम पाण्डे (९२३ ), निलम वैद्य ( ७९५), नेत्रकुमारी भट्ट ( ४७४) र मनु दाहाल (५२३) ले मत प्राप्त गरेका छन् । जसमा पाण्डे र वैद्य विजयी भएका छन् ।
पश्चिमी क्षेत्र सदस्यमा कृष्णहरि बर्ताैला (५६५), राजु राउत(३९७) र राधिका सामरी पाण्डे( ४६२) मत प्राप्त गरेकाछन् । जसमा बर्ताैला विजयी भएका छन् । अध्यक्ष पदकाे मतपत्र भने केही बेरमा गणना सुरु गरिने जनाइएको छ ।

उद्योग तर्फको उपाध्यक्षमा प्रमोदसिं रानाभाट विजयी

 

मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा उद्योग तर्फको उपाध्यक्षमा प्रमोदसिं रानाभाट विजयी भएका छन् ।उनले अर्का उम्मेदवार प्रतिमा श्रेष्ठलाई पराजित गर्दै ३७० मत ल्याई विजयी भएका हुन् । श्रेष्ठले भने ३१९ मत प्राप्त गरेकी थिइन् ।उद्योगमा ८९० मतदाता मध्ये ७५३ मत खसेको थियो । यसैगरी सदस्यहरुमा रुपकराज दाहाल, श्रीकृष्ण कर्माचार्य, सन्तोषकुमार अर्याल र नरेन्द्र भण्डारी विजयी भएका छन् ।उद्योगको सदस्य तर्फभने श्रीकृष्ण कर्माचार्य (४२३ ), दीपक शिवाकोटी (३३९ ), नरेन्द्र भण्डारी (३६२ ), भुपेन्द्र प्रसाद अधिकारी (३३२ ),रुपकराज दाहाल( ४६७), सन्तोषकुमार अर्याल (३५२ ), हरिप्रसाद ढकाल(२२३) र ज्ञानेन्द्र बर्तौला (२६९ )ले मत प्राप्त गरेका छन् । जसमा दाहाल, कर्माचार्य, भण्डारी र अर्याल विजयी भएका छन् । यसैगरी उद्योग सदस्य महिला आरंक्षण तर्फ सितादेवी भेटुवाल (३७९) मत प्राप्त गरी विजयी भएकी छिन् । अर्का उम्मेदवार मेनका श्रेष्ठले ३२८ मत प्राप्त गरिन् ।

वस्तुगत तर्फको उपाध्यक्षमा राजु अधिकारी विजयी

मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा वस्तुगत तर्फको उपाध्यक्षमा राजु अधिकारी विजयी भएका छन् ।अधिकारीले १८ मत पाएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्धन्दी काव्यमणि अधिकारीले ११ मत पाएका थिए ।निर्वाचनमा वस्तुगत तर्फ जम्मा ३२ मत रहेकोमा ३१ मत खसेको थियो । २ मत बदर भएको छ । त्यस्तै वस्तुगत तर्फको सदस्यमा तेजराज अधिकारी र प्रदीप अर्याल विजयी भएका छन् ।अधिकारीले १७, अर्यालले १५ मत मत प्राप्त गरेका छन् ।सदस्य पदका उम्मेदवार अजिव भट्टराईले १२ मत र पुष्पराज पुडासैनीले १४ मत प्राप्तगरी पराजित भएका छन् । 

More From Author

मउवा संघ निर्वाचनः उद्योगतर्फ उपाध्यक्षमा रानाभाट विजयी

जनसरकार प्रमुख मोक्तान बनिन् सामाजिक विकास मन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *