१२, २०७८
बागमती प्रदेशको सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले जनयुद्धका शहिद रुद्र पाख्रिनको सालिकमा माल्यार्पण गरी सहिदहरु प्रति सम्मान ब्यक्त गर्नुृ भएको छ । मकवानपुरगढी ४ मा रहेको सहिद रुद्र स्मृति पार्कमा पुगेर सालिकमा माल्यार्पण गर्नु भएको हो । सहिद रुद्र पाख्रिनको सालिकमा माल्यार्पण गर्दै सहिदको बलिदान र रगतले नै माओबादी पार्टी यहाँ सम्म आईपुगेको भन्दै सहिदहरुको योगदानलाई कहिले पनि नभुल्ने बताउनु भयो ।
शहिद रुद्र पाख्रिनलाई सम्झीदै माओबादी नेतृ समेत रहेकी मन्त्री मोक्तानले भन्नु भयो “रुद्र पाख्रिन नभएको भए कुमारी मोक्तान — कुमारी मोक्तान हुने थिएन उहाँले नै मलाई राजनितिमा ल्याउनु भएको हो । उहाँको प्ररणाले अघि बढ्दै आज यहाँ सम्म आई पुगे । उहाँ देशकै लागि होनाहार ब्यक्ती हुनु हुन्थ्यो । उहाँले देखेको सपना पुरा गर्न आफु लागि पर्ने छु ।” कार्यक्रममा नेकपा माओबादी मकवानपुरका अध्यक्ष तथा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु,प्रचार बिभाग प्रमुख कमान सिं पाख्रिन पृथक, बरिष्ठ पत्रकार कौशल पाण्डे , मकवानपुरगढी गाउँ कमिटी ईन्चार्ज तथा सहिद रुद्र स्मृति पार्ककी अध्यक्ष मान कुमारी पाख्रिन गाउँ कमिटी अध्यक्ष दिपक खड्का लगायत जील्लाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।