अर्थमन्त्री शर्माद्धारा सहिद रुद्र पाख्रिनको सालिकमा माल्यार्पण सहित श्रद्धाञ्जली

१४ कार्तिक २०७८

अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माले सहिद रुद्र पाख्रिनको सालिकमा माल्यार्पण सहित श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ । जनवर्गिय संगठन वाइसिएल हेटौंडा नगर कमिटीको भेलालाई सम्बोधन गर्न आउनुभएका अर्थमन्त्री शर्माले मकवानपुरगढी ४ मंक्रान्चुलीमा रहेको रुद्र स्मृति पार्कमा पुगेर श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

सोही क्रममा मकवानपुरगढीका पार्टी इन्चार्ज मानकुमारी नेपाली आशाले रुद्र स्मृति पार्कलाई व्यवस्थित गर्न अर्थमन्त्री शर्मासंग माग गर्नुभएको छ । कार्यक्रममा माओवादी केन्द्र मकवानपुरका ईन्चार्ज एंव सामाजिक विकासमन्त्री कुमारी मोक्तान, अध्यक्ष प्रेम बहादुर पुलामी छिन्तु, प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन, पार्टी प्रतिनिधि लगायतकाको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup