विश्व व्यापी रुपमा फैलीएको कोरोनाको त्रासबाट समयमै सचेत रहनका लागि सरकारले देशभर एकैसाथ लकडाउन गरेको छ ।
कोरोना भाईरसको संक्रमण नियन्त्रण गर्न सरकारले आजदेखि देश भर लकडाउन गरेको हो । रेडियो मकवानपुरगढीको कार्यक्रम समय सम्बादमा कुरा गर्र्दै मकवानपुरका प्रमुख जील्ला अधिकारी दिपकराज नेपालले अत्याबश्यक काम परेमा सुरक्षाकर्मी संग समन्वय गर्न अनुरोध गर्नु भएको छ ।
लकडाउन कार्यान्वयन गर्न जिल्ला सुरक्षा समितिको वैठक पनि आज विहान वसेको छ । बैठकले लकडाउनलाई कार्यान्वयन गराउन ठाउँ ठाउँमा प्रहरी तैनाथ गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मातहत रहेका इलाका प्रहरी कार्यालय, प्रहरीचौकी र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी ठाउँ ठाउँमा परिचालन गरिएको प्रहरी उपरिक्षक सुशिल सिंह राठोरले जानकारी दिनुभयो ।
मानिसहरुलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा सञ्चालनमात्र गर्न दिने निर्णय कतिपयलाई कर्फ्यू जस्तै लाग्न सक्छ । उस्तै उस्तै लागे पनि कर्फ्यू र लकडाउन फरक कुरा हुन् ।
गृह मन्त्रालयका अधिकारीहरुले सुरक्षा चुनौती देखिएमा कर्फ्यू लगाउँछन् भने सुरक्षा बाहेकका अन्य कारणले मानिसहरुलाई आउ९जाउ गर्न नदिन लकडाउन गरिन्छ । लकडाउन संक्रामक रोग ऐन९२०२० अनुसार केन्द्रीय सरकार तथा प्रदेश सरकारले गर्न सक्छ भने कर्फ्यू स्थानीय प्रशासन ऐनअनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर प्रमुख जिल्ला अधिकारी ९सीडीओ० ले लगाउन सक्छ ।
लकडाउन कर्फ्यु जस्तो कडा हुँदैन । तर, लकडाउनको आदेश पालना नगर्नेहरुलाई ६ महिनासम्म कैद र ६ महिनासम्म जरिवाना वा दुवै सजायँ हुने कानुनी व्यवस्था छ ।
लकडाउनको बेला पत्रकारहरुलाई जिल्ला प्रशासन कार्यालयबाट पासको व्यवस्था मिलाइएको छ । स्वास्थ्य र सुरक्षाका सवारी
साधन सञ्चालन हुन पाउँछन् । यसैगरी औषधि, तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन र फोहरमैला संकलनका क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई लकडाउनमा छुट छ । यस्तै औषधि, स्वास्थ्य उपकरण, खाद्यवस्तु, पानी, दूध र इन्धनसँग सम्बन्धित उद्योग तथा कलकारखाना सन्चालन हुन पाउँछन् ।