मकवानपुरगढी ३ कालिखोलामा रहेको बहु आयामिक कृषि तथा पशुपालक समुहले उन्नत जातको बाख्रा पालन परियोजना शुरु गरेको छ । समुहका अध्यक्ष भरत बहादुर खड्काले सार्बजनिक सुनुवाई गरेर समुहको गतिबिधि सार्बजनिक गर्नु भएको हो ।
यस परियोजनाको लागि बिश्व बैंक र नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको ५० प्रतिशत अनुदान , बित्तीय संस्थाको ३० प्रतिशत ऋण लगानी र किसानको २० प्रतिशत गरी यो परियोजनाको कुल लागत ८९ लाख रहने अध्यक्ष खड्काले बताउनु भयो । यस परियोजनामा इजरायल गएर फर्किएका, पुर्ब प्रहरी, पर्ब आर्मी युवाहरु संलग्न छन ।
बहु आयामिक कृषि तथा पशुपालक समुहले स्थानिय स्रोत साधन र युवा शक्तिलाई संगठित गराएर काम सुरु गरेको छ । यसरी काम गर्दा यो क्षेत्रमा बिकास र संबृद्धी ल्याउन सकिन्छ भन्नेमा आफु बिश्वस्त रहेको समुहका अध्यक्ष खड्काले बताउनु भयो ।
समुहले अहिले बाख्रा पालन परियोजना सुरु गरेको भए पनि भबिश्यमा कृषिका बिभिन्न पाटाहरुलाई जोड्ने लक्ष लिएको छ । समुहले अहिले ४ वटा ब्लकमा काम सुरु गरेको छ ।
समुहका अध्यक्ष भरत बहादुर खड्काको अध्यक्षता तथा मकवानपुरगढी गाउँपालीका अध्यक्ष बिदुर हुँमगाईको प्रमुख आतिथ्यतामा भएको सार्बजनिक सुनुवाई कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष भागबत घिमिरे वडा सदस्य मन्जु योन्जन ,नेपाली काग्रेस ३ नम्बर वडा सभापति बिजय लामा थोकर लगायत समुहका पदाधिकारी, सदस्य,स्थानियहरुको सहभागिता रहेको थियो ।