मकवानपुरगढी ३ कालिखोलामा खेर गएको बाँझो जग्गा उर्बर बन्दै गएको छ । केही बर्ष अघि सम्म बृद्ध बृद्धा मात्रै भेटिने यो गाउँमा अहिले युवाहरुको चहलपहल बडेको छ । आज भोली युवाहरु कृर्षी कर्ममा लागेको भेटीन्छन् ।
बहु आयामिक कृषि तथा पशुपालक समुह दर्ता गरेर उन्नत जातको बाख्रा पालन परियोजना शुरु भएकोे छ । यस परियोजनाको लागि बिश्व बैंक र नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको ५० प्रतिशत अनुदान , बित्तीय संस्थाको ३० प्रतिशत ऋण लगानी र किसानको २० प्रतिशत गरी यो परियोजनाको कुल लागत ८९ लाख रहने समुहका अध्यक्ष भरत बहादुर खड्काले बताउनु भयो ।
यो परियोजनाको माध्यामबाट गाउँमै स्वरोजगार हुन पाउँदा युवाहरु दंङ्ग छन । मनग्य आम्दानी पनि गरेका छन । त्यसै मध्येका एक युवा सन्तोस लंसाल हुन । उनी रोजगारीको लागि ईजरायल पुगे । ईजरायलमा उनले कृषी कै काम गरे । कृषी क्षेत्रबाट ईजरायलले प्राप्त गरेको सफलता देखेर उनले आफु पनि नेपाल फर्किएर कृषी कर्म गर्ने अठोट गरे त्यहि अनुरुप अहिले उनि नेपाल आएर कृर्षी कर्म गरीरहेका छन । यसबाट उनले मनग्य आम्दानी गरीरहेका छन ।
त्यस्तैअर्का युवा हुन रामकुमार बराईली उनले अहिले बाख्रा फाम गरेका छन । उनको फाममा अहिले ३५ वटा बाख्रा रहेको छ । त्यसबाट उनले राम्रो आम्दानि गरेका छन । पुर्ब प्रहरी बराईलीको यो अनुकरणिय कामले अरु युवाहरुलाई पनि प्रेरणा प्रदान गरेको छ । त्यस्तै अर्का युवा अमिर रेग्मी पुर्ब सैनिक हुन उनी पनि अहिले कृषी कर्ममा लागेका छन ।
यी युवाहरुको काममा सहयोगिको रुपमा आएका छन भरत बहादुर खड्का उनी बहु आयामिक कृषि तथा पशुपालक समुहको अध्यक्ष पनि हुन । उनी कृषी बिज्ञ समेत रहेका छन । गढी ३ कालीखोलाका स्थानीय भएकाले उनी आफ्नो ठाउँको युवाहरुलाई कृषी संग जोड्न चाहन्छ । आफ्नो ठाउँको बिकासमा योगदान पुर्याउन चाहन्छन । उनको यो काममा दातृ संस्था देखि स्थानिय सरकारले पनि सहयोग पुर्याएको छ ।