मकवानपुरगढी गाउँपालीकाद्धारा शिक्षक श्वर्णिम अबकास रोज्ने १३ जना शिक्षकलाई सम्मान तथा बिदाई ।

२९ कार्तिक २०७८

शिक्षक श्वर्णिम अबकास कार्यक्रम अन्तरर्गत मकवानपुरगढी गाउँपालीकाले १३ जना शिक्षकलाई सम्मान गरेर बिदाइ गरेको छ । सम्मानित हुने शिक्षकहरुमा केदार नाथ ढुङगाना , गोबिन्द बहादुर तिमल्सिना , कौशिल्या कुमारी लुईटेल , अच्युत प्रसाद पोखरेल , रमेश कुमार पराजुली, सिताराम दहाल ,शुभद्रा लामिछाने, शत्रुघन दुलाल, सिताराम प्रसाद न्यौपाने, कृष्ण प्रसाद पारजुली , नारायण प्रसाद गौतम , ईन्द्रमणि सापकोटा, शिब प्रसाद लामिछाने हुनु हुन्छ । उहाहरुलाई दोसल्ला ओडाएर सम्मान पत्र सहित बिदाई गरिएको छ ।

मकवानपुरगढी गााउँपालीकाको आर्थिक बर्ष २०७८ / ७९ को स्वीकृत कार्यक्रम अन्तरगत यो योजना लागु गरिएको हो । शिक्षकहरुको अनिबार्य अबकास ६० बर्षमा हुने भए पनि बाकी उमेरको आधारमा प्रोत्साहन रकम निर्धारण गरीएको गाउँपालीका शिक्षा शाखा प्रमुख रामबहादुर घलानले जानकारी दिनु भयो । उहाँका अनुसार १ बर्ष देखि २ बर्ष सम्म सेवा अबधि बाकि रहदै शिक्षक श्वर्णिम अबकास कार्यक्रममा सहभागि हुन चाहने लाई २ लाख, २ बर्ष देखि ४ बर्ष सम्म सेवा अबधि बाकि रहेकालाई ३ लाख , ५ देखि ७ बर्ष सेवा अबधि बाकी रहेकालाई ४ लाख , ८ बर्ष वा ८ बर्ष भन्दा बढि सेवा अबधी बाकी रहदै शिक्षक श्वर्णिम अबकास कार्यक्रममा सहभागि हुने शिक्षकलाई ५ लाख रुपैया प्रोत्साहन रकम प्रदान गरीने छ ।

More From Author

शिक्षा बिनाको बिकास अपुरो — जिसस प्रमुख खुलाल

बिकास पहिलो प्राथामिकता -मन्त्री मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *