बागमतीमा वडा स्तरिय नकआउट फुटबल प्रतियोगिता शुरु,आयोजकको विजयी सुरुवात।

 

कात्तिक ३०, २०७८

मकवानपुरको बागमती गाउँपालिकामा वडा स्तरिय नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । आज बागमती गाउँपालिका—४ नम्बर वडाको झुरझुरे खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गर्नु भएको हो ।
फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरेको प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र वडा नम्बर १ बोटगाउँ विच भएको थियो । आयोजकले वडा नम्बर १ बोटगाउँलाई ४ -१ गोल अन्तरले पराजित गर्दै आयोजक विजयी भएको हो ।
प्रतियोगिताको विजेता हुने टिमले नगद ६० हजार रुपैयाँ, शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद ३० हजार शिल्ड,मेडल र प्रमाण पत्र र सर्वोत्कृष्ट खेलाडिलाई नगद २ हजार र विधागत तर्फ ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।


उक्त कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, उपाअध्यक्ष धनमायाँ स्याङतान, बागमती गाउँपालिकाका कार्यकारी प्रमुख दीलिप कुमार श्रेष्ठको बिशेसआतिथ्यता तथा नेकपा माओवादि केन्द्र मकवापुर जिल्ला सदस्य प्रमिला पुलामि , नेकपा माओवादि केद्र जिल्ला पार्टी सचिबालय सदस्य ज्ञान सागर भोलन , बागमती गाउँपालिका खेलकुद बिकास समिती अध्यक्ष भीम राई, नेकपा माओवादि केद्र बागमती गाउँपालिकाका अध्यक्ष अरुण वल, बागमती गाउँपालिकाका वडा न १ का अध्यक्ष ठगेद्र वाईवा , वडा न २ का अध्यक्ष जगत बहादुर भोलन, वडा न ३ का अध्यक्ष बल बहादुर पाख्रिन, वडा न ४ का अध्यक्ष रहर सिङ थिङ, वडा न ५का अध्यक्ष बुद्विमान पाख्रीन, वडा न ६ का अध्यक्ष ध्रुब थापा, वडा न ७ का अध्यक्ष दील्ली प्रसाद घोरासैनि, वडा न ८ का अध्यक्ष धन बहादुर योन्जन, वडा न ९ का अध्यक्ष मदन गुरुङ , जनता मावीका प्रधानाध्यापक बसन्त राइ,देबकी माबिका हस्त ब. थिङ बुद्ध माबिका तिलक पाख्रीन लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम वडा स्तरिय फुटबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष मुक्ति लामाको सभाध्यक्षतामा भएको थियो ।

Flash News खेलकुद समाचार स्थानीय