नेकपा एमाले कुनै पार्टी नभई केपी ओली एण्ड कम्पनी हो – सिग्देल

४ मंसिर

नेकपा एकीकृत समाजवादीका केन्दीय सदस्य तथा बागमती प्रदेश सदस्य मुनु सिग्देलले नेकपा एमाले कुनै पार्टी नभई केपी ओली एण्ड कम्पनी रहेको आरोप लगाउनु भएको छ । नेकपा एकीकृत समाजबादी मकवानपुरगढी गाउँपालिका स्तरिय संगठन कमिटी निर्माण तथा घोषणा कार्यक्रमलाइ सम्बोधन गर्दै सिग्देलले केपी ओली पार्टीमा रहे सम्म एमाले कम्युनिष्ट पार्टी नरहने बताउनु भयो ।

नेकपा समाजवादीमा आउनेको देशव्यापी लहर चलेको बताउँदै उहाँले केपी ओलीको कुसंस्कार एमालेमा छाडेर राम्रो सस्कार जति समाजवादीमा ल्याएको दाबी गर्नुभयो ।कार्यक्रममा जिल्ला अध्यक्ष श्रीधर पोख्रेलले केपी ओलीको कु कृत्यको कारण पार्टीमा बिद्रोहको भएको र नेकपा एकिकृत समाजबादी पार्टीको जन्म भएको बताउनु भयो ।

कार्यक्रममा जिल्ला सचिव बिष्णु दहाल ,सचिवालय सदस्य राज प्रकाश भण्डारी , पार्टी सल्लाहकार कृष्ण प्रसाद दहाल ,अनेरा स्वबियु केन्द्रीय सदस्य कुमार रुम्बा, समाजसेबी रामचन्द्र दुलाल लगायतकाले मन्तब्य ब्यक्त गर्नु भएको थियो । भेलाले अर्जुन दहालको अध्यक्षतामा २६ सदसीय गाउँकमिटी गठन गरेको छ । कमिटी उपाध्यक्षमा जुलाफ सिं रुम्बा र एस के लामा , सचिव रोमनाथ रेग्मी उप सचिवमा तीर्थराज लंसाल र सरिता सापकोटा लगायतका रहनु भएको छ । कार्यक्रममा ज्येष्ठ नागरीकलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेमा राम चन्द्र दुलाल , लक्षिकुमारी न्यौपाने , प्रेक कुमार भण्डारी , ईन्द्र भोलोन , भुमिराज दहाल, राम दहाल , प्रेम भोम्जन , डोल प्रसाद फुयाल, धर्ब प्रसाद घिमिर लगायतका रहनु भएको छ ।

नेकपा एकीकृत समाजवादी मकवानपुरगढी गाउँपालीका ईन्चार्ज राजन दहालको अध्यक्षतामा भएको कार्यक्रम रोमनाथ रेग्मीले संचालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin