४ मंसिर २०७८
नेकपा माओवादी केन्द्रको देशव्यापी कार्यक्रम अन्तरगत मकवानपुरका सबै वडाको प्रथम सम्मेलन सम्पन्न भएको बताईएको छ । शनिबार साँझसम्म वडा सम्मेलन नभएको विवरण प्राप्त नभएको माओवादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमानसिं पाख्रिन पृथकले बताउनु भयो ।
यसैबिच, नेकपा माओबादी केन्द्र मकवानपुरगढी गाउँपालीकाको वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले वडा २ मा धर्मराज न्यौपानेको अध्यक्षतामा २९ सदसीय वडा कमिटी चयन गरेको छ । वडा नम्बर २ को सचिवमा जीत बहादुर लामा चयन हुनु भएको छ । वडा नम्बर ३ मा दिक्पाल तिमल्सीनाको अध्यक्षमा १७ सदसीय वडा कमिटी चयन गरीएको छ । कमिटी सचिवमा कृष्ण प्रसाद हुमगाई रहनु भएको छ ।
यस्तै वडा नम्बर ४ मा हेम बहादुर योञ्जन अध्यक्ष र राजकुमार चौलागाई सचिव सहित २९ सदसीय वडा कमिटी गठन गरीएको छ । यस्तै वडा नम्बर ५ मा रत्न प्रसाद तिमल्सीना अध्यक्ष र सुलोचना स्याङतान सचिव सहित २९ सदसीय वडा कमिटी गठन गरीएको छ । यस्तै वडा नम्बर ६ मा बिजय बजगाँई अध्यक्ष र मालती थिंङ कोईराला सचिव सहित २९ सदसीय वडा कमिटी गठन गरीएको छ ।
यस्तै वडा नम्बर ७ मा मंगलमान स्याङतान अध्यक्ष र अर्जुन थिंङ सचिव सहित २९ सदसीय वडा कमिटी गठन गरीएको छ । यस्तै वडा नम्बर ८ मा रोल बहादुर गोले अध्यक्ष र राम कुमार दोङ सचिव सहित २९ सदसीय वडा कमिटी गठन गरीएको गाउँपालीका अध्यक्ष राजकुमार खड्काले जानकारी दिनु भएको छ ।
कार्यक्रममा नेकपा माओबादी केन्द्र बागमती प्रदेस सदस्य भिम पाख्रिन, गढी गाउँपालीका ईन्चार्ज मानकुमारी पाख्रिन , पालीका अध्यक्ष राजकुमार खड्का लगायतकाको आतिथ्यता रहेको थियो ।