नेकपा माओवादी केन्द्र बागमती गाउपलिका वार्ड नम्बर ३ को वडा सम्मेलन सम्पन्न ।

८ मंसिर २०७८

नेकपा माओवादी केन्द्र मकवानपुरको बागमती गाउपलिका वार्ड नम्बर –३ मा वडा सम्मेलन सम्पन्न भएको छ ।सम्मेलनले वीर बहादुर थिं अध्यक्ष रहनेगरी २९सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

सम्मेलन  नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य  प्रेम बहादुर पुलामी (छिन्तु)को प्रमुख आतिथ्यता तथा मकवानपुर जिल्ला सचिवालय सदस्य एवम् प्रचार बिभाग प्रमुख कमान सिंह पाख्रिन (पृथक) को बिशेष आतिथ्यतामा भएको हो ।

समितिको उपाध्यक्षमा कृष्णबहादुर गोले , सचिवमा अभिसेक मोक्तान , सह–सचिवमा वीर बहादुर भोलन , कोषाध्यक्षमा प्रमिला माझी , सदस्यहरुमा लिला बहादुर वाइबा , रुपेश माझी , बसन्ती माया वाइबा , तुल बहादुर मोक्तान , जित बहादुर गोले , सम्झना माझी लगायत चयन हुनु भएको छ ।

त्यस्तै सम्मेलन उद्घाटन कार्यक्रममा कर्ण बहादुर बोम्जन , सार्कीमान पाख्रिन , राम बहादुर बोम्जन , मगर सिं भोलन , सनमान गोले , निर बहादुर थिं , अभिनास मोक्तान लगायत २९ जनाले नेकपा एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रबेश गरेको ३ नम्बर वडा कमिटी इन्चार्ज कर्शाङ सिं पाख्रिनले जानकारी दिनु भयो ।

कार्यक्रममा मकवानपुर वाइसीएल नेपाल जिल्ला इन्चार्ज सुमन पाख्रिन (सौगात) , जिल्ला समन्वय सदस्य दिल दोर्जे पाख्रीन (संघर्ष) , वडा नम्बर –३ निर्वाचित वडा अध्यक्ष बल बहादुर पाख्रिन, गाउपालिका कमिटी सदस्य हरीमाया पाख्रिन् , भगवती माझी , सुनिल बज्यु , सल्लाहकार सुकराम पाख्रिन , अखिल नेपाल शिक्षक संगठनका ३ नम्बर वडा अध्यक्ष एक्का बहादुर दोङ , बागमती गाउपालिका वाइसीएल नेपाल कमिटी सचिव दर्शन पाख्रिन ,सहिद परिवार गणेश पाख्रिन , हिमाल बिक., अतिमाया पाख्रिन , लोकबहादुर पाख्रिन् , चन्द्रमान भोलन , अखिल क्रान्तिकारी मकवानपुर उपाध्यक्ष रोजल तामाङ , बुद्धिजीवी उद्धप पौडेल लगायतकाले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

Flash News राजनीति समाचार स्थानीय