८ मंसिर २०७८, बुधबार
अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) बागमती प्रदेश कार्यालयले बुधवार मनहरी गाउपालिकामा सरोकारवालाहरु सङ्ग शिक्षा,स्वास्थ्य एबम खाध्य लगाएतका क्षेत्रको बिषयमा सार्वजनिक सुनुवाई गरेको हो । सस्थाले गाउपालिका भित्र भईरहेका समस्या एबम समाधानका लागि सार्वजनिक सुनुवाई कार्यक्रम राखेको हो । उक्त कार्यक्रममा गाउपालिकाका कार्यालय बाट प्रदान हुने सेवाको बारेमा उठेका सवालहरुको जवाफ प्रमुख प्रसाशकिय अधिक्रित र गाउपालिकाको तर्फबाट गाउपालिका उपाध्यक्ष द्वारा जवाफ दिने प्रयास गरेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले शिक्षा क्षेत्रमा सदियौ देखी देखा परेको टुरिस्ट टिचर,स्वास्थ्य क्षेत्रका रेबिज बिरुद्दका खोपको उपलब्धता ,सर्प डसको उपचार,बाली बिमा, पशु बिमा,लक्षित बर्गलाई ल्याएको बास्तबिक किसानले नभेटेको,पालिकाको लक्षित कार्यक्रममा आसेपासे तथा नक्कली सेवाग्राहिले अवसर पाउने र गाउपालिकामा एउटा कार्यको लागि ३-४ दिन लाग्ने जस्ता समस्या रहेको भन्दै गुनासो पोखेका थिए ।
कार्यक्रममा पालिकाको बिभिन्न शाखा बाट प्रदान हुने सेवा तथा कर्मचारी को ढिला सुस्ती भएको हुन सक्छ तर आगामी दिनमा यसको सुधार एबम सजक भएर अगाडि बढ्ने बताउनुभएको थियो । त्यस्तै गरी आगामी दिनहरुमा यस्तो गलती नहुने बताउनुभयो । त्यस्तै गरी गाउपालिका उपाध्यक्ष मनिला बिष्टले गाउपालिकामा कर्मचारी र जनप्रतिनिधी बिचको समवनयनको कमिले गर्दा समस्या देखा परेको र यसले गर्दा गाउपालिका सबैको अबिभावक हुन अली कठिनाई भएको बताउनुभयो । हामीलाई जनताले भोट दिएर पठाएका हुन हामीले आफ्नो गाउपालिकामा जनाताको कामलाई बढी ध्यान दिनुपर्ने र अहिले सम्म जनताकै काममा तल्लिन भएको बताउदै । हामी सबै मिलेर यो गाउपालिका बनाउने हो । सबै पक्ष मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रम मानव अधिकार समुह मनहरिको सम्योजक बिमला गोपालिको सभाक्ष्यतामा मनहरी गाउपालिका उपाध्यक्ष मनिला बिष्टको प्रमुख आतिथ्यता ,ईन्सेक बागमती प्रदेश सम्योजक कृष्ण गौतम बिशेष अतिथि,मनहरी गाउपालिका प्रमुख प्रशासकिय अधिक्रित रामा प्रशाद शर्मा ,४ नम्बर वडा अध्यक्ष ध्रुब खड्का ,गाउपालिकाको बिभिन्न शाखा प्रमुख , स्थानिय पत्रकार को आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजिकरण बिकल्प चौलागाईले गर्नुभएको थियो ।