मंसिर १२, २०७८
भोली हुने नेकपा माओवादी केन्द्र मकवानपुरगढी गाउँपालीकाको प्रथम अधिबेशनको सम्पूर्ण तयारी पुरा भएको छ । केन्द्रको केन्द्रीय निर्देशन अनुसार सोमबार हुन गइरहेको प्रथम् पालीका अधिबेशनको समग्र तयारी सकिएको मकवानपुर गढी गाँउ कमिटी इन्चार्ज मानकुमारी पाख्रिनले जानकारी दिनु भएको छ।
गाउँ सम्मेलनमा मकवानपुरगढी गाउँपालीकाका आठ वटै वडा कमिटीबाट प्रतिनीधिहरुको उपस्थिति हुने माओवादी केन्द्र गढी गाउ कमिटीले जनाएको छ । भोली हुने सम्मेलनमा बागमती प्रदेश सरकारका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहने गाँउ कमिटी ईन्चार्ज पाख्रिनले जानकारी दिनु भयो ।
भोली हुने अधिबेशनबाट आउँदो कार्यकालकालागि नयाँ कार्य समिति चयन हुनेछ । अधिबेशनको पुर्ब सन्ध्यामा आज
मोटरसाईकल र्यालीको आयोजना गरिएको थियो ।