माओबादी केन्द्रको मकवानपुरगढी गाउँपालीका अधिबेशन, सबै बर्गको उत्थान गर्ने पार्टी माओबादी केन्द्र — मन्त्री मोक्तान

१३ मंसिर २०७८

 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले सबै बर्गको उत्थान गर्ने पार्टी नेकपा माओबादी केन्द्र मात्र भएको बताउनु भएको छ । नेकपा माओवादी केन्द्र मकवानपुर गढी गाउँपालीका अधिबेशनको उदघाटन गर्दै उहाँले सबै बर्ग लिंङ्गको उत्थान गर्ने , योजना बनाउने र नेतृत्व गर्ने बिचार माओबादी संग मात्र भएको बताउनु भयो । राष्ट्रबादको भ्रम छर्ने केपी ओली दुई दुई पटक संबिधान कुल्चीएर र प्रतिनिधि सभा बिगठन गरेर राष्ट्रघाती प्रमाणीत भएको र त्यसैको परिणाम माधब कुमार नेपाल अहिले समाजबादी पार्टीको अध्यक्ष भएको बताउनु भयो । प्रचण्डले राजनितिक रुपमा नेतृत्व नगरेको भए गणतन्त्र, संघियता , धर्म निरपेक्षता परिकल्पना पनि गर्न नसकिने बताउनु भयो । मन्त्री मोक्तानले जनताको छोरा छोरीको रगत , पसिना र बलिदानले आएको परिबर्तन जोगाउने जिम्मेवारी माओबादीको काँधमा आएको बताउनु भयो ।


अधिबेशनलाई सम्बोधन गर्दै बागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा मकवानपुर अध्यक्ष प्रेमबहादुर पुलामी छिन्तुले कम्युनिष्ट आन्दोलनलाई बिसर्जनबादमा पुर्याउनेहरु बिरुद्ध माओबादीले नेतृत्व गरेर बिभिन्न दललाई समेटेर गठबन्धन बनाएको बताउनु भयो । प्रचण्डकै योगदान र शक्रियताले शेरबहादुर देउवा प्रधानमन्त्री भएको भन्दै काग्रेसलाई अहंकार नगर्न पनि आग्रह गर्नु भयो । नेता छिन्तुले भन्नु भयो “कति काग्रेसजनलाई भ्रम पर्न सक्छ ज्योतीसीले ७ पल्ट प्रधानमन्त्री हुन्छ भनेकै भरमा शेर बहादुर देउवा प्रधानमन्त्री भएका हुन की भन्ने , म भन्न चाहन्छु प्रचण्डको योगदानलाई नबिर्सौ। ” उहाँले केपी जस्तो अहंकारी नबन्न र संबिधान बचाउन सबै मिलेर यो ठाउँ सम्म आईपुगेको हेक्का राख्न पनि आग्रह गर्नु भयो ।
अधिबेसनलाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्र बागमती प्रदेश सदस्य प्रल्हाद लामिछानेले नेकपा माओबादी २०६४ सालको जस्तो जोश जाँगरका साथ अगाडि बढ्ने बताउनु भयो । माओबादीकै एजेण्डामा मुलुक अगाडी बढेको भन्दै जनताको भरोसा गर्न लायकको पार्टी माओबादी केन्द्र रहेको बताउनु भयो । माओबादीले ठुलो बलिदान गरेर ल्याएको परिबर्तनलाई केपी ओली र कमल थापाहरु मिलेर उल्ट्याउने र राजतन्त्र फर्काउने सडयन्त्र भईरहेको बताउनु भयो ।
यस्तै अधिबेशनमा बोल्दै वाईसिएल बागमती प्रदेश ईन्चार्ज प्रकाश पाण्डेले मुलुकमा फेरी एक पटक वाईसिएल आबश्यक रहेको बताउनु भयो । ६४ सालको जस्तो उभारमा वाईसिएल फर्किने र मुलुक परिबर्तनको संबाहक बन्ने बताउनु भयो । हिजो वाईसिएलले कार्बाही गरेका र खेदेका भ्रष्ट र दलालहरु फेरी जुरमुराउन थालेको भन्दै त्यस्ता बिरुद्ध निगरानी गर्न थालिसकेको बताउनु भयो ।

नेकपा माओबादी केन्द्र मकवानपुरगढी गाउपालीका अध्यक्ष राजकुमार खड्काको अध्यक्षतामा भएको अधिबेशनमा गाउँपालीका ईन्चार्ज मानकुमारी पाख्रिन , किसान संगठनका केन्द्रीय सदस्य तथा जील्ला अध्यक्ष यज्ञप्रसाद तिमल्सीना , नेकपा माओवादी केन्द्र जील्ला समन्व समिति सदस्य कृष्ण प्रसाद चौलागाई, नेकपा एकिकृत समाजबादी मकवानपुरगढी गाउँपालीका अध्यक्ष अर्जुन दहाल लगायतकाले मन्तब्य ब्यक्त गर्नु भएको थियो । अधिबेशनमाका क्रममा दर्जनौ ब्यक्तिहरु पार्टी पुनर मिलन कार्यक्रममा सहभागि भएका थिए । साथै जनयुद्धमा महत्वपूण योगदान पुर्याउने परिवारका सदस्यहरुलाई सम्मान पनि गरिएको थियो । सम्मानित हुनेहरुमा राममाया पाख्रिन, गौरी ढुङगाना, त्रिर्थ कुमारी भोम्जन र किताव सिं लामा रहनु भएको छ । साथै अधिबेशनले ४७ सदसिय नेकपा माओबादी केन्द्र मकवानपुरगढी गाउँकमिटि पनि चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin