माओवादी केन्द्र मनहरीको सम्मेलन सम्पन्न, अध्यक्षमा कालाखेती

नेकपा (माओवादी केन्द्र) मनहरी गाउँपालिका कमिटीको सम्मेलन मंगलबार सम्पन्न भएको छ । मनहरी रजैयामा भएको सम्मेलनले राम प्रसाद कालाखेती अध्यक्ष रहनेगरी सर्वसम्मत ५५ सदस्यीय कमिटी चयन गरिएको छ ।

यसैगरी, कमिटीको उपाध्यक्षमा हिरालाल स्याङतान , गोबिन्द घलान , सचिव संजिब पाठक , सह-सचिवमा शोभा दोङ , चन्द्र कला खनाल , तेजराज पाण्डे , कोषाध्यक्षमा ध्रुवा खड्का चयन भएको जिल्ला पार्टी प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले जानकारी दिए । यस्तै, सदस्यहरुमा प्रकाश थापा , विश्वराज गहतराज , बिमला घलान लगायत चयन भएका छन् । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी सदस्य वीर बहादुर घलान ( ज्वाला) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सल्लाहकार रामहरी सुवेदी , जिल्ला सचिवालय सदस्य रेखा थापा मगर , राज कुमार पाख्रिन, जिल्ला समन्वय सदस्य वीर बहादुर घलान , यदुनाथ श्रेष्ठ , सल्लाहकार बुद्धरत्न लामा , निर्वाचन मण्डलका प्रमुख मातृका ढुंगाना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *