मङ्सिर १६- मकवानपुरको हेटौडा ५ मा रहेको ग्रामीण महिला सेवा केन्द्रको आयोजनामा ३ दिने आधारभूत प्राथमिक उपचार सम्बन्धि तालिम मङ्सिर १६ बाट सुरु भएको छ । ग्रामीण महिला सेवा केन्द्रकी अधक्ष्य उर्मिला कार्कीको सभाध्यक्षतामा भएको उत्घाटन कार्यक्रममा बिल्नुहुदै अधक्ष्य कार्कीले आपत एबं बिपत् को समयमा हुन सक्ने सम्भावित मानवीय क्षेति न्यूनीकरण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।
यहि मङ्सिर १६ गते बाट सुरु भएको तालिम १८ गते सम्म संचालन हुने तालिममा, हेटौडा उपामहनागरपालिका, गढी गाउपलिका,मनहरी गाउपलिका र बागमती गाउपलिका का कुल ३२ सहभागीहरुको सहभागिता रहेको आयोजक संस्था ग्रामीण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दिपक न्यौपानेले जानकारी दिनु भएको छ ।
प्लान इन्टनेशनल नेपाल र ग्रामीण महिला सेवा केन्द्र को साझेदारीमा सञ्चालित नेतृत्व र निर्णय कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला साखा मकवानपुरले प्राविधिक सहयोग गरिरहेको छ ।
कार्यक्रममा लक्ष्मण भट्टराई, रामजी प्रसाद खतिवडा, पिताम्वर बास्तोला, सुजन वि.क र यसोदा श्रेष्ठ प्रशिक्षकको रुपमा रहनुभएको छ ।