मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण सम्बन्धी रणनैतिक कार्ययोजना निर्माण गर्न मकवानपुरगढी गाउँ पालिका स्तरिय कार्यशाला गोष्ठी ।

मकवानपुरगढी गाउँपालिकाको मानव बेचबिखन तथा   ओसार-पसार नियन्त्रण सम्बन्धि  रणनैतिक कार्ययोजना निर्माण कार्यशाला गोस्ठी सम्पन्न भएको छ  ।  मकवानपुरगढी गाउँपालिकाको उपाध्यक्ष हर्क माया रुम्बाको अध्यक्षतामा भएको गोष्ठीमा  प्रमुख प्रसासकिय आधिकृत रामकुमार पुडासैनी , वडा नम्बर १ का अध्यक्ष आइत सिं लो , वडा नम्बर २ का अध्यक्ष  बखान सिं पाखृन , वडा नम्बर ४ का वडा अध्यक्ष राम प्रसाद तिमल्सिना , वडानम्बर ७ का अध्यक्ष  सुर्य बहादुर रुम्बा ,   गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख धुर्ब लामिछाने ,महिला तथा बालबालीका शाखा प्रमुख  मन्दिरा थापा, लगायत  बिधालय , सहकारी , प्रहरी , सञ्चारकर्मी  बालक्लब का प्रतिनिधि लगायतकाको सहभागिता रहेको थियो ।  गोष्ठीको समापनमा बोल्दै उपाध्यक्ष रुम्बाले यो गोष्ठीले मानब बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी रणनीतिक योजना बनाउन उपलब्धी मुलक भएको   बताउनु भएको छ । प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनिले  गोष्ठीमा  उठेका बिषयलाइ गाउँपालिकाको नितिमा समेट्ने बताउनु भयो । २ नम्बर वडा अध्यक्ष  बखन सिं पाखृनले २ दिनको गोष्ठी उपलब्धी मुलक रहेको बताउनु भयो । कार्यशाला गोष्ठीमा अधिबक्ता  मन प्रसाद भट्टराई , रामसरण लामिछाने राडो नेपालका कार्यक्रम सम्योजक दिपेन्द्र पाठकले सहजिकरण  गर्नु भएको थियो ।  गोष्ठी राडो नेपालको आयोजना , मकवानपुरगढी गाउँपालिकाको समन्वय र प्लान नेपालको आर्थिक सहयोगमा  भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin