आधारभूत प्राथमिक उपचार सम्बन्धि तालिम सपन्न

मङ्सिर १८-  मकवानपुरको हेटौडा ५ मा रहेको ग्रामीण महिला सेवा केन्द्रको आयोजनामा ३ दिने आधारभूत प्राथमिक उपचार सम्बन्धि तालिम आज सम्पन्न  भएको छ  ।

यही मङ्सिर १६ गते बाट सुरु भएको  तालिममा  हेटौडा उपामहनागरपालिका, गढी गाउपलिका,मनहरी गाउपलिका र बागमती गाउपलिका का कुल ३२ सहभागीहरुको सहभागिता  रहेको आयोजक संस्था ग्रामीण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दिपक न्यौपानेले जानकारी दिनु भएको छ  ।

तालिमको समापनको अवसरमा बोल्नुहुदै  नेपाल रेडक्रस सोसाइटी जिल्ला साखा मकवानपुर साखाका मन्त्री पिताम्वर बास्तोलाले सहभागीहरुलाई आफुले सिकेको सीपलाई कार्यन्वयन गर्दै आफ्नो नजिकको नेपाल रेडक्रस सोसाइटी को उप साखमा सम्पर्कमा रही कार्यसम्पादन बारे जानकारी दिनुहुन अनुरोध गर्नुभयो  ।

प्लान इन्टनेशनल नेपाल र ग्रामीण महिला सेवा केन्द्रको  नेतृत्व र निर्णय कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला साखा मकवानपुरले प्राविधिक सहयोग गरेको थियो  ।

तालिमका सहभागीलाई प्रमाण पत्र समेत प्रदान  गरिएको थियो  ।

तालिममा लक्ष्मण भट्टराई, रामजी प्रसाद खतिवडा, पिताम्वर बास्तोला, सुजन वि.क र  यसोदा श्रेष्ठ प्रशिक्षण दिनुभएको  थियो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup