अर्बुद्वरोग निबारण संस्था मकबानपुर शाखाको साधारण सभा सम्पन्न

मङ्सिर १९- नेपाल अर्बुद्वरोग निबारण संस्था मकबानपुर शाखाको १९ औ र २० औं साधारण सभा र अधिबेशन शनिवार सम्पन्न भएको छ । संस्थाको सभापती कपिला जोशी ज्युको सभाध्यक्षता र नगर प्रमुख श्री हरि बहादुर महत ज्युको प्रमुख आतिथ्यता, नेपाल अर्बुद्वरोग निबारण संस्थाका केन्द्रिय महासचिब श्री बिमल होडा ज्यु र नेपाल अर्बुद्वरोग निबारण संस्था का केन्द्रिय उप कोषाध्यक्ष श्री प्रकाश खतिबडा ज्युको बिशेष आतिथ्यमा , संस्थाको बागमती प्रदेश संयोजक श्री गणेश कोईराला ज्यु , पुर्ब अध्यक्ष बिजय कुमार बैध, कृष्ण प्रणामी महिला प्रतिनिधी देबकी खतिवडा, डा बलराम भट्ट , संस्थाको उपसभापती माधब अधिकारी को आतिथ्यमा सचालित कार्यक्रममा उहाहरु सबैबाट सस्थाको साधारण सभाको शुभकामना ब्यक्त गर्नु भएको उक्त कार्यक्रममा उदघोषण संस्थाका उपसभापती श्री भिम प्रसाद तिमल्सिनाले गर्नु भएको थियो । सस्थाका सचिब शंकर मान श्रेष्टले कार्यप्रगती प्रतिबेदन र कोषाध्यक्ष राम कुमार बिष्टबाट आर्थिक प्रगती प्रतीबेदन प्रस्तुत र छलफल पछि उक्त प्रतिबेदन सर्बसम्मत रुपमा पारित समेत गरिएको थियो । नेपाल अर्बुद्वरोग निबारण संस्थाको केन्द्रिय उपकोषाध्यक्ष श्री प्रकाश खतिवडालाई मकबानपुर शाखाको निर्बाचन गराउन केन्द्रबाट निर्बाचन प्रमुख को जिम्मेबारि सुम्पीईए अनुसार उहाले सबै पदमा सहमतीको आधारमा निर्बिरोध निर्बाचन सम्पन्न भएको परिणाम घोषणा गर्नु भएको थियो । नब निर्बाचित सभापती माधब अधिकारी, उपाध्यक्ष द्वयमा भिम तिमल्सिना र शंकरमान श्रेष्ट, सचिबमा मनोज ढुंगाना, सहसचिबमा राम कुमार बिष्ट, सदस्यहरुमा गणेश कोईराला, डा बलराम भट्ट, बुद्वराम श्रेष्ट, लक्ष्मण महत, शोभा कुमारि बस्नेत, पुरुषोत्तम पौडेल, रबिन्द्र सिंह डंगोल, मान बहादुर लामा , उदय नारायण श्रेष्ट लाई उपस्थीत महासचिब बिमल होडा, प्रकाश खतिवडा, निबर्तमान सभापति कपिला जोशी, गणेश कोईराला, बिजय कुमार बैध लगायत सबैबाट खादा र अबिर बाट बधाई ज्ञापन गरिएको थियो । उक्त अबसरमा नगर प्रमुख हरि बहादुर महतले बिधालयमा धुम्रपान र मध्यपानको सचेतना जागरण गर्न आबस्यक रहेको, क्यान्सर बढदै गएकोले उपचारको लागी सिफारिस गर्नेकार्य बढदै गएकोले सचेतना बढाउन यस संस्थाको महत्वपुर्ण भुमिका रहेको बताउनु भएको थियो । यसैगरि केन्द्रिय महा सचिब बिमल होडा ज्युले केन्द्रिय निती तथा कार्यक्रमको बारेमा र क्यान्सर रोग बिरुद्व सचेतना बढाउन शाखाको भुमिकाको बारेमा धारणा राख्नु भएको थियो । कार्यक्रमको अन्त्यमा नबनिर्बाचित सभापती माधब अधिकारि ज्युले आफ्नो कार्यकालमा सम्पन्न गरिने कार्यको प्रारुप को बारेमा संक्षिप्त रुपमा जानकारि गराउनु हुदै सबैको समन्वय र सहकार्यमा अघाडि बढ्ने बारे बताउनु हुदै कार्यक्रमको समापन गर्नु भएको थियो । आजै सभापती श्री माधब अधिकारिको सभाध्यक्षमा बसेको पहिलो बैठकले आगामी पुष २३ र २४ गते लहानमा हुने केन्द्रीय सभामा सहभागी हुने महाधिबेशन प्रतिनिधीको चयन समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup