मंसिर २८- ग्रामीण महिला सेवा केन्द्रको आयोजनामा आज लैङ्गिक समानताका लागी पुरुष सहभागिता सम्वन्धि अभिमुखिरण तथा अन्तरक्रिया कार्यक्रम सरोकारवाला संग भर्चुअल माध्यमबाट संचालन भएको छ प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा हामी दाजु भाई संस्था संगको समन्वय मा कार्यक्रम भएको हो ।
अन्तर्राष्ट्रिय पुरुष दिवसको अवसर परेर कार्यक्रम संचालन गरिएको हो कार्यक्रममा पुरुष दिवस किन मनाउने हाल सम्म अन्तर्राष्ट्रिय पुरुष दिवसको अवसमा नेपालमा के के कार्यक्रम संचालन गरिएको छ भन्ने जस्ता विषयमा विषयमा सहजीकरण भएको छ यसका अलवा समाजमा लैंगिक समानता स्थापना गर्न पुरुष दिवसको महत्व बारे सहजकर्ता संजोग ठकुरीले सहजीकरण गर्नुभएको थियो ।
कार्यकममा हेटौडा उपमहानगर पालिका, मकवानपुरगढी गाउपलिका, मनहरी गाउपलिका र बागमती गाउपलिका का वडा अध्यक्ष साखा प्रमुख तथा एबं पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम ग्रामीण महिला सेवा केन्द्रकी सचिब अचला शर्माको सभाध्यक्षतामा भएको थियो भने कार्यक्रम ग्रामीणका कार्यक्रम संयोजक दिपक न्यौपानेले संचालन गर्नुभएको थियो ।