घरेलु श्रमिक महिलाहरुको जिबनमाआधारित लघु भिडियो सार्बजीकिकरण कार्यक्रम सम्पन्न

मङ्सिर – २९ पैरबि वकालत गोष्टि एबं घरेलु श्रमिक महिलाहरुको जीबनमा आधारित लघु भिडियो सार्बजनिकिकरण कार्यक्रमको अबसरमा लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत घरैबाट सुरु गरौ, महिला हिंसा अन्त्य गरौ भन्ने मुल नाराका साथ संचालित लैगिंक हिंसा बिरुद्धको हस्ताक्षर संकलन अभियानमा संकलित हस्ताक्षरहरु मंगलबार एक समारोहका बिच बागमती प्रदेशको मुख्यमन्त्री माननिय राजेन्द्र पाण्डेलाई महिला मानबअधिकार रक्षकहरुको राष्ट्रिय संजालका अध्यक्ष डा. रेणु अधिकारि, जिल्ला समन्वय समितीका उपप्रमुख भगबती पुडासैनी , मेन ईंगेज एलायन्स मकबानपुरका अध्यक्ष प्रकाश खतिवडा र मानब अधिकार संरक्षण तथा मानब बेचबिखन बिरुद्धको संजालको अध्यक्ष आरती पाठकहरुले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।
बागमती  प्रदेशको राजधानी हेटौडामा उक्त हस्ताक्षर संकलन अभियान भएको हो  ।
म लैगिक हिंसा गर्दिन, गर्न दिन्न र यदि कतै हिंसा भएमा तत्काल प्रतिकार गर्दछु साथै लैगिक हिंसा अन्त्यका लागि सहकार्य समेत गर्दछु भन्ने प्रतिबद्धता सहितको हस्ताक्षर मुख्यमन्त्रि माननिय राजेन्द्र पाण्डे, महिला मानब अधिकार रक्षक राष्ट्रिय संजालका अध्यक्ष डा. रेणु अधिकारी महासचिब राधिका सापकोटा, जिल्ला समन्वय समितीका उपप्रमुख भगबती पुडासैनी, मनहरि गाउपालिकाको उपप्रमुख मनिला बिष्ट, बकैया गाउपालिकाको उपप्रमुख सरला बोलखे, मेन ईगेज एलायन्स मकबानपुरका अध्यक्ष प्रकाश खतिवडा, मानब अधिकार संरक्षण तथा मानब बेचबिखन बिरुद्धको संजालको अध्यक्ष आरती पाठक, ग्रामीण महिला सेबा केन्द्रकी  अध्यक्ष उर्मिला कार्कि, शान्ति फाउन्डेशनकी देबकी ढुंगाना, सुनिता फउण्डेशनकी आईस्का थापा, हिमराईस्कि कुमारी बाईबा, माईती नेपालकी मन लामा, सेलर्ड का जगन्नाथ सुबेदि, राडो नेपालको राजेन्द्र लामा, नारि संरक्षण केन्द्रका राम मिजार ,नागरिक समाज मंचका तिर्थ थापा मगर, बाल कल्याण समाज मकबानपुरका पदाधिकारीहरु, डेक नेपालका मान बहादुर बाईबा र च्याम्पियनहरु, तरंगिना फाउण्डेशनका पदाधिकारी तथा सदस्यहरु, महिला मानबअधिकार रक्षकहरुको राष्ट्रिय संजालका केन्द्रिय प्रतिनिधि तथा बागमती प्रदेशका सहभागी प्रतिनिधिहरु लगायत आमन्त्रित सहभागि सबैले लैगिक हिंसा बिरुद्ध हस्ताक्षर गर्नु भएको थियो ।
महिला मानब अधिकार रक्षक राष्टिय संजालका अध्यक्ष डा. रेणु अधिकारीको सभाध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशको मुख्यमन्त्री माननिय राजेन्द्र पाण्डे रहनु भएको थियो । अतिथिको रुपमा जिल्ला समन्वय समितीका उपप्रमुख भगबती पुडासंनी, मनहरि गाउपालिकाको उपप्रमुख मनिला बिष्ट, बकैया गाउपाकिलाको उपप्रमुख सरला बोलखे, मेन ईंगेज एलायन्स मकबानपुरका अध्यक्ष प्रकाश खतिवडा , महिला मानब अधिकार रक्षक राष्टिय संजालका राष्टिय महासचिब राधिका सापकोटा र मानब अधिकार संरक्षण तथा मानब बेचबिखन बिरुद्धको संजालको अध्यक्ष आरती पाठकको उपस्थीती रहेको थियो ।
उक्त अबसरमा प्रमुख अतिथि मुख्यमन्त्रि माननीय राजेन्द्र पाण्डेले आफ्नो ध्यान लैगिक हिंसा नियन्त्रण गर्न केन्द्रित रहने बारे आश्वस्त पार्दै बागमती सरकारको निति तथा कार्यक्रम मार्फत लैगिंक हिंसा अन्त्य गर्न बिधालयतह देखिनै सचेतना जागरणका कार्य गर्ने र पुरुष बर्गलाई नै केन्द्रित गरी कार्यक्रम संचालन गर्न पर्ने भएकोले आफु बागमती प्रदेश सरकार लाग्ने बताउनु भएको थियो । महिलाको श्रमको मूल्याकंन गर्न आबश्यक रहेकोले सरकारले यस तर्फ पनी दृष्टिगत गरेको कुरा बताउनु भयो । लैगिक हिंसा अन्त्य बिना समाज बिकाशको रुपान्तरण नहुने हुदा लैगिक हिंसाको हिंसा अनिबार्य रहेको पनी बताउनु भयो ।
महिला मानब अधिकार रक्षकहरुको राष्ट्रिय संजालका अध्यक्ष डा. रेणु अधिकारीले श्रम क्षेत्रमा लैगिंक असमानता, ज्यालामा बिभेद, असुरक्षित कार्यस्थल जस्ता बिषयहरु महत्वपुर्ण समस्याका रुपमा देखिनुको कारण पितृसत्तात्मक समाज र त्यसबाट सिर्जित महिला र पुरुष बिच जन्मने असमानशक्ति सम्बन्ध भएकोले यसलाई अन्त्यगर्न सरकारलाई आग्रह गर्दै यस समस्यालाई क्रमश हटाउन पुरुषबर्ग बिशेषगरी मेन ईंगेज एलायन्सले बस्ती एबं ग्रामिण तहदेखिनै कार्य गर्न ध्यानाकर्षण गर्नु भएको थियो । उहाले महिलाको घरेलु श्रमलाई मर्यादित श्रमको रुपमा स्थापित गर्ने, नेपालको श्रम कानुन २०७४ द्धारा ब्यबस्था गरिएको कुनै पनी श्रम अनौपचारिक हुने छैन भनिएता पनी घरेलु श्रम अनौपचारिक नै रहेकोले यस तर्फ बागमती प्रदेशका मुख्य मन्त्रि माननिय राजेन्द्र पाण्डेको ध्यानाकर्षण गर्दै आन्तरिक घरेलु कामको पहिचान, मुल्य र सम्मानका लागी  समेत आग्रहगर्नु भएको थियो ।
जिल्ला समन्वय समितिका उपप्रमुख भगबती पुडासैनीले अबको २१ औ सताब्दिमा पनी महिला हिंसा हुनु दुर्भाग्य रहेकोले यसका अन्त्यका लागि सरकार र नागरिक समाजको कृयाशिलताको आग्रह गर्नु भएको थियो ।
मनहरि गाउपालिकाको उपाध्यक्ष मनीला बिष्टले पितृसत्तात्मक सोचका कारण जती सुकै ठुलो पदमा महिला पुगेपनी महिलालाई पुरुषबाटै हिंसा हुने भएकोले पुुरुष बर्गलाई नै नैतीकताको ज्ञान र मानब अधिकारको बारेमा सचेत पार्नु पर्ने औल्याउदै महिलाको श्रमको मुल्यंकन गर्दै सम्मानीत जीबनयापनको लागि समाजलाई सकारात्मक रुपान्तरणमा कार्य गर्नु पर्ने औल्याउनु भयो । यसै गरि बकैया गाउपालिकाको उपप्रमुख सरला बोलखेले महिला हिंसा भएकै कारण कतिपय महिलाहरु मनोसामाजिक समस्यामा परेको, महिलाको श्रमको सम्नमान भएको बारे बताउनु हुदै यसको अन्त्यका लागि सरकार र नागरिक समाज बिचको सहकार्य गर्दै पुरुष बर्गलाई लक्षितगर्दै कार्य गर्नु पर्ने भनि आफ्नो धारणा राख्नु भएको थियो ।
मेन ईंगेज एलायन्स मकबानपुर का जिल्ला अध्यक्ष प्रकाश खतिवडाले लैगिंक हिंसा अन्त्य गर्न एलायन्स कृयाशिल भएको बताउनु हुदै यौनीक तथा लैगिंक अल्पसंख्यकको अधिकार, घरेलु श्रमिक महिला अधिकारको स्थापित, अपागंता भएकाहरुको अधिकार , किशोरिहरुलाई शिक्षामा समाहित गराउन, सिमान्तकृत महिलाको अधिकार प्राप्ती, महिलालाई सम्मान र अग्रपंक्तिमा राखी महिलाको पहुचमा अभिबृद्धिका लागि सरकार संग पैरबि गर्दैपुरुष बर्गलाई सचेत पारिदै महिला मैत्रि समाज रुपान्तरणको कार्य गरिरहेको बताउनु भएको थियो ।
महिला मानब अधिकार रक्षकहरुको राष्ट्रिय संजाल मकबानपुरका सचिब एबं मानब अधिकार संरक्षण तथा मानब बेच बिखन बिरुद्धको संजाल मकबानपुरका अध्यक्ष आरती पाठकले नेपालको संबिधान बमोजिम र सरकारले प्रतिबद्धता गरे अनुरुपको कार्य थालनी गर्न आग्रह गर्दै महिला घरेलु कामदारहरुको अधिकारको लागि निती बनाउन र उनिहरुलाई राष्टिय सामाजिक सुरक्षा योजना भित्र ल्याउनको लागि निर्णायक भुमिका निर्बाह गर्न प्रदेश सरकारलाई अनुरोध गर्दै महिला हिंसा अन्त्यका लागि पुरुष बर्गलाई मुलधारमा ल्याउन ढिलो भएको बताउनु भयो ।
कार्यक्रममा महिला मानब अधिकार रक्षक राष्टिय संजालका राष्टिय महासचिब राधिका सापकोटाले घरेलु श्रमिक महिलाहरुमा महिलाबादि सहभागितामुलक कार्यात्मक अनुसन्धानको बारेमा बताउनु हुदै घरेलु श्रमिक महिलाहरुको बास्तबिक स्थीतीको पहिचान गरि श्रमिक का अधिकार सुनिश्चितताको लागि आधार तयार गर्नु कार्यक्रमको उद्धेश्यरहेका बताउनुभएको थियो ।

More From Author

लैङ्गिक समानताका लागी पुरुष सहभागिता सम्वन्धि अभिमुखीरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुर्य मा. बि को ४७ औ जन्मजयन्ती सम्पन्न तथा स्मारिका लोर्कापण

Leave a Reply

Your email address will not be published. Required fields are marked *