मकवानपुरगढी गाउँपालिकाका बिद्यालयमै गएर बालबालिकालाई कोभिडविरुद्धको खोप दिइने

मकवानपुरगढी गाउँपालिका भित्र रहेका बिद्यालयमै गएर १२ देखि १७ वर्षसम्मका बालबालिका , किशोर किशोरीहरुलाई कोभिडविरुद्धको खोप मोडेर्ना खोप दिइने तयारी गरिएको छ । यहाँका सामुदायिक   बिद्यालयमा गएर  आउँदो पुस ४ र ५ गते  खोप दिन लागिएको  मकवानपुरगढी गाउँपालीका स्वास्थ्य शाखा प्रमुख ध्रर्ब लामिछानेले बताउनुभयो ।
हरेक बिद्यालयमा गएर खोप दिनका लागि स्वास्थ्य साखाबाट सबै खालका तयारी समेत गरिएको उहाँले बताउनुभयो । कोरोनाको नयाँ भेरिएन्टबाट बच्नका लागि पनि अपनाउनुपर्ने साबधानीका बिषयमा प्रचार प्रसार गरिएको र किशोर किशोरीहरुलाई पनि खोप दिन लागिएको  लामिछानेले बताउनुभयो ।
अमेरिकी कम्पनी मोडेर्नाको थप १४ लाख ९७ हजार मात्रा खोप नेपाल ल्याइएको छ ।बिद्यालयहरूमा रहेका विद्यार्थी संख्याका आधारमा खोप पठाइँदै छ। यस पटक अस्पतालबाहेक विद्यालय नै खोप केन्द्र रहनेछ ।

मकवानपुरगढी गाउँपालीकाद्धारा प्रकाशित सुचना
Flash News Slide समाचार स्थानीय