स्वास्थ्यकर्मीलाई सुरक्षा सामाग्री उपलब्ध गराउन उच्च अदालतको आदेश ।

उच्च अदालत पाटन हेटौंडा इजलाशले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा खटीने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीहरुलाई आवश्यक सुरक्षा सामाग्री उपलब्ध गराउन वागमती प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

अधिबक्ता ध्रुब प्रसाद चौलागाईले दायर गर्नुभएको रिट निबेदनको सुनुवाई गर्दै उच्च अदालत पाटन हेटौँडा इजलाशले बुधबार प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । न्यायधिश राम प्रसाद अधिकारीको इजलाशले कोरोना नियन्त्रणका लागि आवश्यक पर्ने सम्पूर्ण कार्यहरु अविलम्ब सुरु गर्न प्रदेश सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।

यस्तै अदालतले विपक्षहरुलाई छलफलका लागि २०७६ चैत्र १९ गते बोलाएको छ । अधिबक्ता चौलागाईले दायर गर्नुभएको रिट निबेदनमा अधिबक्तहरु मन प्रसाद भट्टराइ, सञ्जीब प्रसाद पराजुली र बालकृष्ण अधिकारीले बहस गर्नुभएको थियो ।

अदालतले आदेश जारी गर्नु नपर्ने कारण भए मन्त्रालयहरुका हकमा मुख्य न्यायधिबक्ताको कार्यालय मार्फत र जिल्लाप्रशासन कार्यालयहरुलाई सरकारी वकील कार्यालय मार्फत १५ दिन भित्र लिखीत जवाफ पेश गर्न आदेश दिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup