४ मंसिर २०७८ – मक्रान्चुली – मकवानपुरगढी गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधी भानु मा बि ले हात पारेको छ ।
मकवानपुरगढी ७ मा रहेको जनता मा बि ले आयोजना गरेको प्रतियोगितामा शारदा मा बि लाई पराजित गर्दै भानु मा बि बिजयी भएको हो । भानुले शारदालाइ २५-१८,२४-१४,२५-२१को सोझो सेटमा पराजित गरेको हो ।
यस्तै आजै भएको महिला शिक्षक भलिबल प्रतियोगिताको उपाधी जनक मा बि ले आफ्नो पोल्टामा परेको छ । जनक मा बि ले जनता मा बि लाई २५-१८,१९-२५,१५-७ ले पराजित गरेको हो ।
प्रतियोगितामा प्रथम हुने भानु मा बि ले १०००० ,दितिय हुने शारदा मा बि ले ५००० र तृतीय हुने रुपनारायण मा बिले ३००० प्राप्त गरेको छ । यस्तै महिला भलिबलमा प्रथम हुने जनक मा बि ले १०,००० दोस्रो हुने जनता माबी ले ५,००० रुपैया प्राप्त गरेको छ ।
मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यता तथा जनता माबीका अध्यक्ष प्रतिमान रुम्बाको अध्यक्षतामा समापन कार्यक्रम भएको हो । कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष सुर्य बहादुर रुम्बा र इन्द्र प्रसाद सन्जेलको आतिथ्यता रहेको थियो ।