५ पौष २०७८ -मक्रान्चुली – अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ मकवानपुरले मजदुर जागरण अभियान शुरु गरेको छ ।अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ मकवानपुरले आज हेटौंडाको औद्योगिक क्षेत्रको सभा हलमा एक समारोह बीच मजदुर जागरण अभियान उद्घाटन गरिएको हो ।
बैज्ञानिक समाजवादी व्यवस्था र श्रमिक अधिकारको लागि जनमत संग्रह नारा सहित शुरु गरिएको अभियानको कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज नयनले उद्घघाटन गर्नु भयो । उहाँले ट्रेड युनियनको झण्डा हस्तान्तरण गरेर अभियान शुभारम्भ गर्नु भएको थियो।
उक्त कार्यक्रममा जिल्ला सेक्रेटरी वाटर , सचिवालय सदस्य गुण , क्रान्तिकारी ट्रेड युनियनका केन्द्रिय सदस्य तथा पश्चिम बागमती विशेष क्षेत्रका संयोजक राजकुमार मगर , मिनप्रसाद गौतम लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सहभागिले अभियान सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो !