एमसीसी बिरुद्ध शसक्त  आन्दोलन गर्ने ६ पार्टी र २ मोर्चाको चेतावनी

         मिलेनीयम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सम्झौता र त्यसलाइ नेपालमा कार्यान्वयन गर्ने षड्यन्त्र विरुद्ध आन्दोलनरत ६ वटा कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले आज संयुक्त बक्तब्य निकालेर थप संघर्षको कार्यक्रम गर्ने चेतावनी दिएको छ ।  पछिल्लो शेर बहादुर देउवा सरकारले सम्सदबाट जसरी पनि एमसीसी पारित गरि लागू गर्ने दुषाहसपुर्ण हर्कत गरेकोले त्यसलाइ असफल पार्न थप सङ्गघर्षको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन ।नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका इन्चार्ज नयन , नेपाल कम्युनिस्ट पार्टी मसाल मकवानपुरका प्रबक्ता रामहरी धिताल ,नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका प्रतिनिधि माननाथ तिमल्सिना ,देश भक्त जनगणतान्त्रिक मोर्चा मकवानपुरका संयोजक महेश सिग्देल,नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी )मकवानपुरका इन्चार्ज सागर, नेपाल कम्युनिस्ट पार्टी (माले)का उपसचीव हरिकृष्ण अधिकारी ,बैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी मकवानपुरका सचीव यदुकुमार बिश्वकर्मा , राष्ट्रिय जनसरोकारका मन्च मकवानपुरका संयोजक उमेश गुणिले संयुक्त बिज्ञप्तिमा हस्ताक्षर गर्नु भएको छ । एमसीसी विरुद्धको आन्दोलनलाई सफल पार्न कम्युनिस्ट ,क्रान्तिकारी ,बुद्धिजीवी , ब्पापारी ,लोकतान्त्रबादी देश भक्त , आम नेपाली सबैलाइ आग्रह समेत गरिएको छ । राष्ट्रघाती एमसीसी परियोजनालाई अमेरिकी जो बाइडेन सरकारले तत्काल फिर्ता नलिए र देउवा सरकारले खारेज नगरे आगामी दिनमा कडा आन्दोलनको घोषणा गर्ने चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *