हेटौंडामा सात दिने आधारभूत पत्रकारिता तालिम सुरु

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा हेटौंडामा सात दिने आधारभूत पत्रकारिता प्रशिक्षण तालिम विहीबारबाट सुरु भएको छ ।
युरोपियन युनियन र पत्रकार महासंघको संयुक्त सहकार्यमा मकवानपुरका ४० जना पत्रकारलाई आधारभूत पत्रकारिता प्रशिक्षण दिइने भएको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षता तथा केन्द्रीय समितिका पूर्व अध्यक्ष धर्मेन्द्र झाको प्रमुख अतिथ्यतामा तालिमको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा महासंघ मकवानपुरका पूर्व अध्यक्ष प्रताप विष्ट, सल्लाहकार बालकृष्ण अधिकारी, प्रदेश महासंघ महासचिव कृष्णसारु मगरले आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रममा मकवानपुर महासंघका पूर्व अध्यक्ष नवराज शर्मा, कौशल पाण्डे, राममणि दहाल, भानुभक्त आचार्य, हरि हुमागाई, महासंघ केन्द्रीय समितिका कार्यक्रम प्रवन्धक संघर्ष पन्त, इन्टरनेशनल एलर्टका वरिष्ठ कार्यक्रम अधिकृत विजय क्षेत्रीको आतिथ्यता रहेको थियो ।
तालिम दुई सिप्टका सञ्चालन हुने जनाइएको थियो । तालिमको मुख्य प्रशिक्षकमा पूर्व केन्द्रीय अध्यक्ष घर्मेन्द्र झा रहनुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup