११ पौष २०७८ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ कालिखोलामा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ बर्षिक साधारण सभा सनिबार सम्पन्न भएको छ । सस्था उपाध्यक्ष ईन्द्र प्रसाद चौलागाईको सभाअध्यक्षता तथा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आथिथ्यतामा कार्यक्रम सप्पन्न भएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बिदुर हुमागाइले सहकारीले रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी गर्नु पर्ने बताउनु भयो । कृषिको प्रचुर सम्भबना भएकोले कृषिमा गरिएको लगानी बाट नै सम्बृदी हासिल गर्न मद्धत पुग्ने अध्यक्ष हुमागाईले बताउनु भयो ।
सभामा संस्थाका उपाध्यक्ष ईन्द्र प्रसाद चौलागाईंले सस्थागत प्रतिबेदन प्रतिबेदन , कोषाध्यक्ष माधब प्रसाद चौलागाईले आर्थिक प्रतिबेदन , लेखा संयोजक शिबराम फुयालले लेखा समिती प्रतिबेदन र लक्षमण भट्टराईले ऋण उपसमिति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । सस्थाले आर्थिक बर्ष २०७८÷७९ मा ४ करोड १ लाख ३४ हजार ४ सय ३६ रुपैयाको कारोबार गरेको छ ।सस्थाको शेर सदस्य ७२९ जना रहेको यस सहकारीले ३ करोड ४८ लाख ११ हजार १९ रुपैयाँ ऋण लगानी गरेकोे छ ।
कार्यक्रममा संस्थाका शेयर सदस्यहरुलाई विभिन्नमा पुरस्कृत तथा सम्मानित गरिएको थियो । कार्यक्रममा सस्थाका शेयर सस्दय एबम पत्रकार मनोज देबकोटालाई बिगत लामो समय देखि पत्रकारिता क्षेत्रमा कृयासिल रहि पत्रकारिता मार्फत सस्थाको विभिन्न गतिबिधिहरु आम जनमानसमा समाचार सम्प्रेषण गर्दै आएकाले सम्मान गरिएको थियो त्यस्तै अधिक बाल बचत कर्ता अभय पुडसैनी , अधिक मासिक बचत कर्ता राजु श्रेष्ठ , अधिक ऐच्छिक बचत कर्ता मानसरोवर चौलागाईं , असली ऋणि रबिना गुरुङ , उद्यमशिल ऋणि लाल बहादुर लोप्चन , जेख्ठ नागरिक सदस्य शिव कुमारी खतिवडा , एस ई ई मा उकृष्ट निलम पाख्रिन लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिना र जिल्ला बचत तथा ऋण सहकारी सस्थाका कोषाध्यक्ष बिष्णुमाया लामा , मनकामना दुग्ध उत्पादक सहकारी सस्थाका अध्यक्ष अर्जुन प्रसाद दहाल , श्री भानु माबीका अध्यक्ष मानकुमारी पाख्रिन ,हिमाल महिला बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष जानुका दाहाल ,टावर डाडा खानेपानी तथा उपभोक्त समुहका अध्यक्ष सत्रुघन दुलाल , कालिदेबी दुग्ध उत्पादक सहकारी सस्थाका अध्यक्ष अर्जुन प्रसाद दहाल , श्री भानु मा बि का प्राचर्य राजेद्र थापा लगायतकाको आतिथ्यता रहेको थियो ।