पत्रकारले रिपोटिङका क्रममा भोग्नु परेका समस्याको बिषयमा फ्रिमिडिया नेटवर्कको टोलि र बागमति प्रेदेशका प्रदेश प्रमुख शर्मा बिच छलफल ।

११ पौष २०७८
नेपाल पत्रकार महासंघ अन्तरगतको फ्रिमिडिया नेटवर्कको टोलिले आज बागमति प्रेदेशका प्रदेश प्रमुख यादब चन्द्र शर्मालाई भेटि सञ्चार क्षेत्रका चुनौति र पत्रकारले रिपोटिङका क्रममा भोग्नु परेका समस्याको बिषयमा छलफल गरेको छ । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको नेतृत्वमा फ्रिमिडिया नेटवर्कको टोलीले आज प्रदेश प्रमुख यादब चन्द्र शर्मालाई भेटि छलफल गरेको हो ।
बागमति प्रदेश प्रमुखको कार्यालयले प्रदेश सरकारका मन्त्रि तथा राज्य मन्त्रीहरुको पद तथा गोपनियताको सपथग्रहण कार्यक्रममा पत्रकारलाई प्रबेशमा रोक लगाएको बिषयमा पनि छलफल भएको छ । फ्रिमिडिया नेटवर्कको टोलिसंगको छलफलमा बागमति प्रेदेशका प्रदेश प्रमुख यादब चन्द्र शर्माले ब्यबस्थापनमा केही कमजोरी भएकाले आगामि दिनमा त्यसलाई सुधार गर्दै लैजाने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्ब केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा पत्रकार महासंघ बागमति प्रदेश उपाध्यक्ष रुपेश दुलाल,प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी (पोष्टराज) पत्रकार महासंघ मकवानपुरका सह सचिव एम पि शर्मा, नेपाल पत्रकार महासंघ केन्द्रका कार्यक्रम प्रबन्धक शंघर्ष पन्त, एलर्टका कार्यक्रम संयोजक बिजय क्षेत्री,प्रदेश प्रमुखको कार्यालयलका सचिव सिवराम न्यौपान ,प्रदेश प्रमुखका प्रमुख स्वकिय सचिव पारसमणि फुयाल प्रदेश प्रमुखका प्रेस संयोजक शिब चौलागाई लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin