एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख गौतमलाई स्वागत

  ११ पौष २०७८ – एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला कार्य समिती मकवानपुरले शिक्षा बिकास तथा समन्वय इकाइ मकवानपुर प्रमुखको रुपमा नुवाकोटबाट सरुवा भइ आउनु भएका डिनानाथ गौतमलाइ स्वागत गरेको छ । अखिल नेपाल शिक्षक सङठन मकवानपुरका अध्यक्ष गोकुल लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य शम्भु बिक्रम लामा,प्रदेस सदस्य भोगेन्द्र लुइँटेल , पुर्ब अध्यक्ष तथा केन्द्रिय सदस्य पर्शुराम गौतम , राहात बिभागका प्रदेस सदस्य बिस्णु न्यौपाने , जिल्ला सचिव कृष्ण खनाल , जिल्ला सल्लाहकार राम कुमार ठाकुर, गढी गाउपालिका अध्यक्ष यादब अधिकारी ,मनहरी गाउँपालिका अध्यक्ष ऋषि राम देबकोटा, राहत शिक्षक केन्द्रिय सदस्य सन्देश तुम्शिङ मगर लगायत उपस्थित रहेको थियो । कार्यक्रममा जिल्लामा शैक्षिक उन्नतिको लागि बिचार बिमर्श भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin