मकवानपुरगढीमा विहीबारबाट सुरु भएको जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगितामा फाइनल खेलमा आयोजक क्लब आमभञ्ज्याङ युवा क्लब र सहिद सुनिता स्मृति प्रतिष्ठान भिड्ने भएका छन् ।
सेमि फाइनलमा प्रतिष्ठानले छहारी युवा क्लब नवलपुरलाई सोझो सेटमा हराउदैं फाइनल प्रवेश गरेको छ । ५ वेस्टमा खेलाइएको खेलमा प्रतिष्ठानको २५-१७, २५-१३ र २५-१३ अंक प्राप्त भएको थियो ।
त्यस्तै, अर्को सेमिफाइनल खेलमा आयोजक क्लब आमभञ्ज्याङ युवा क्लब (ए) ले आग्रा स्पोर्टलाई हराउदैं फाइनल प्रवेश गरेको हो । ५ वेस्टमा खेलाइएको खेलमा २५-१७, २५-१६, २५-२२, २५-२० र १५-६ अंक तालिका रहेको छ । जसमा आयोजक आमभञ्ज्याङ युवा क्लबको २५-१७, २५-२२ र १५-६ अंक ल्याइ फाइनल प्रवेश गरेको हो । शनिबार फाइनल खेल हुने कार्यक्रम संयोजक इन्द्रप्रसाद सञ्जेलले बताए । खेलमा तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित छहारी युवा क्लब नवलपुर र आग्रा स्पोर्टबीच हुने सञ्जेलले बताए ।
प्रतियोगितामा प्रथम हुनेले ६६ हजार ६६६ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र र द्धितिय हुनेले ३३ हजार ३३३ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका अध्यक्ष राजेश अधिकारीले बताए । प्रतियोगितामा तृतीय हुनेले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेले ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
प्रतियोगितालाई मकवानपुरगढी गाउँपालिकाले मुख्य प्रायोजन गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार, वेष्ट स्पाइकरलाइ २ हजार, वेष्ट सेटरलाई २ हजार, वेष्ट व्लकरलाई २ हजार र अनुशासित टिमलाई ३ हजार पुरस्कार रहेको आयोजकले जनाएको छ ।(शिधाखबर डट कम बाट)