१७ पौष २०७८ – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ को पार्टी वडा कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादी वडा अध्यक्ष सुर्य बहादुर स्याङ्तान को अध्यक्षता एवं
पार्टी पोलिटब्युरो सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज ललित बस्नेत को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा पार्टी केन्द्रिय सदस्य एवम बागमती प्रदेश का प्रमुख सचेतक मुनु सिग्देल, पार्टी केन्द्रिय सदस्य एवम जिल्ला सह इन्चार्ज गोमा तिमल्सिना जिल्ला अध्यक्ष श्रीधर पोख्रेल अनेरास्ववियु का केन्द्रिय उपमहासचिव किशोर टण्डन सुलभ अधिकारी लगायतका को उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बस्नेत ले केपि शर्मा ओलिको घमण्ड को कारणले कम्युनिस्ट आन्दोलन धरापमा परेको र नेकपा एमालेले आफ्नो लोकप्रियता गुमाउदै गएको बताउनुभयो ।

नेकपा एकीकृत समाजवादी हेटौंडा ९ को वडा कार्यालय उद्घघाटन ।
