रेडियो बुलेटिनको आयोजनामा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न

रेडियो बुलेटिन ८९.७ मेघाहर्जले शनिबार भिमफेदि १ सानुटारको राष्ट्रिय माविमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

रेडियो बुलेटिनको आयोजना तथा हेटौंडा सिटि अस्पतालको प्राबिधिक सहयोगमा आयोजित निशुल्क स्वास्थ्य शिबिरमा ३०० जना भन्दा धेरैले सेवा लिएको रेडियो बुलेटिन ८९.७ मेघाहर्जका प्रबन्ध निर्देशक अनिलकुमार खातीले जानकारी दिनुभएको छ । उक्त कार्यक्रम भिमफेदी १ का वडा अध्यक्ष श्याम बलको प्रमुख आतिथ्यतामा भएको हो ।

प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले हामीले हाम्रो स्वास्थ्यलाई बिशेष ध्यान दिनुपर्नेमा आमजनताले त्यसो नगरेको पाईएको हुदा सबैलाई जनचेतनामुलक कार्यक्रम आबश्यक रहेकोमा जोड दिनुभयो । उहाँले यस्ता स्वास्थ्य शिबिरहरुको सबैले उपयोग गर्न सके सबैलाई फाईदा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा हेटौडा सिटि अस्पतालका प्रबन्ध निर्देशक डा. बसिम राईले गाउँमा रहेका जनताको स्वास्थ्य अबस्थाका बारेमा पहिचान गर्नका लागि आफुहरुले यस ठाउँलाई चयन गरिएको जानकारी गराउनुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै समाजसेवि भुमिनन्द गौतमले ग्रामीण भेगका जनताको जनस्वास्थ्यमाथि समाचार माध्यमले यसरी चासो दिनु सुखद रहेको बताउदै समाजसँग आगामी दिनमा अगाडि बढ्नेमा आशावादी रहेको बताउनुभयो । उहाँले आगामी कार्यक्रम बकैयामा पनि लाने बताउनुभयो । उहाँले भान्छामा नै स्वास्थ्य नियम पालना गर्न सके सबै स्वस्थ हुन सक्ने भएकोले सबैलाई ध्यान दिन आग्रह समेत गर्नुभयो ।

रेडियो बुलेटिनका प्रबन्ध निर्देशक अनिल कुमार खातीले सभाध्यक्षको रुपमा बोल्दै रेडियो बुलेटिनले समाजमा रहेको समस्याहरुलाई चिर्दै आएको र आगामि दिनमा पनि यो अभियान निरन्तर जारी रहने बताउनुभयो ।

कार्यक्रममा डाक्टर सचिन थापा, डाक्टर राहुल पाण्डे, डाक्टर दिव्य खनाल, ग्लेन मार्कका तर्फबाट निरज केसरी, अजय कर्ण, संविधान राणा, जितेन्द्र सुनार,रोमी श्रेष्ठ, राष्ट्रिय माविका लेखापाल सुरेस घलान, प्रहरी चौकी भैसेका प्रहरीहरुर नर्सहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मुटुसम्बन्धी समस्याहरु, मधुमेह रोग सम्बन्धी, श्वास प्रश्वास सम्बन्धी रोग, टाउको दुख्ने, पेट दुख्ने, पोल्ने, चक्कर लाग्ने, हात खुट्टा दुख्ने झम्झमाउने र निःशुल्क ल्याव परिक्षण, इसिजीका साथै सम्पुर्ण दीर्घ रोग सम्बन्धित चेकजाँच एवम् परामर्श सेवा गरिनुका साथै निशुल्क औषधी बितरण पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin