१
१९ पुस २०७८ -मकवानपुरको सामरी खोलामा स्थानीय रहुनहिनी जातको ३४ हजार माछाका भुरा छाडिएको छ प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एबं संरक्षण केन्द्र हेटौडाको आयोजनामा जलिय जैविक विविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रित जनसमुदायको आयस्तर अभिवृद्धिका लागी स्थानीय जातको माछा भुरा छोड्ने कार्यक्रम (रेचिङ्ग कार्यक्रम ) भएको हो ।
कार्यक्रममा बोल्नुहुदै प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एबं संरक्षण केन्द्र हेटौडाका प्रमुख सरोज कुमार यादवले संस्थाको नियमित कार्यक्रम अन्तर्गत स्थानीय जातका माछालाई लोप हुन बाट बचाउन यो कार्यक्रम गरिएको बताउनुभयो तेस्तै पशु पन्छी तथा मत्स्य विकाश निर्देशनालयका प्रमुख राम प्रकाश प्रधानले खोलामा बिष हाल्ने करेन्ट लगाउने जस्ता काम गर्नेलाई कानुनि दायरामा ल्याउनुपर्ने बताउनुभयो भने गढी ५ क वडा अध्यक्ष जित बहादुर घिमिरेले माछा संरक्षण गर्न आफ्नो वडा तथा पालिकाले पहल गर्ने बताउनुभयो ।
सो कार्यक्रममा पशु पन्छी तथा मत्स्य विकाश निर्देशनालयका प्रमुख राम प्रकाश प्रधान, जलाशय मत्स्य प्रवर्द्धन एबं संरक्षण केन्द्र हेटौडाका प्रमुख सरोज कुमार यादव, गढी ५ क वडा अध्यक्ष जित बहादुर घिमिरे, शिक्षक ,विद्याथी,प्रहरी ,स्थानीय लगायतकाको उपस्थिती रहेको थियो ।