बाल समूह सक्रियतामा सडक सचेतना कार्यक्रम सम्पन्न

२६ पुस २०७८ – मकवानपुरको मकवानपुरगढी गाउपलिका २ को चण्डिका मा.विको चण्डिका बाल समूहको आयोजनामा विद्यालय क्षेत्र सडक सचेतना कार्यक्रम शिखरकटेरीमा  सम्पन्न भएको छ ।

विद्यालय क्षेत्रमा यातायात बाट हुन सक्ने जिखिम न्यूनीकरण, बाल श्रम न्यूनीकरणका लागी सचेतना कार्यक्रम गरिएको हो ।

चण्डिका बाल समूह को नियमित कार्य योजना अनुरुप र्याली गर्दै कार्यक्रम संचालन गरिएको सोहि विद्यालयका बाल मैत्री शिक्षक देबराज तिमल्सिनाले जानकारी दिनुभयो ।

कार्यक्रममा २ नम्बर वडाका वडा अध्यक्ष बखान सिंह पाख्रीन, विद्यालय व्यवस्थापन समितीका सदस्य , चण्डिका मा.विका शिक्षकम तथा विद्यार्थी, ईलाका प्रहरी कार्यालय बाट खटिएका प्रहरी लगायतकाको उपस्थिती रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin