ग्रामीण महिला सेवा केन्द्रको सामाजिक परिक्षण सम्पन्न

२७ पुस २०२८ – ग्रामीण महिला सेवा केन्द्र हेटौंडाले आर्थिक बर्ष २०७७/०७८ को सामाजिक परीक्षण गरेको छ । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महतको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष उर्मिला कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी  उपप्रमुख भगवती पुडासैनीको विशिष्ट आतिथ्यता रहेको थियो ।

सोहि कार्यक्रममा  गैरसरकारी संस्था मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा १५ की वडा सदस्य कुमारी श्रेष्ठ  हेटौंडा १९ की  वडा सदस्य इन्दिरा तामाङ मकवानपुरगढी गाउँपालिका वडा नं 3 की वडा सदस्य सरिता सापकोटा त्यस्तै संस्थाका निवर्तमान अध्यक्ष पूर्व अध्यक्षहरु संचालक समितिका सदस्यहरु परिवर्तन संवाहक सहजीकरण कक्षा व्यवस्थापन समितिका संयोजकहरु परिवर्तन संवाहक सहजीकरण कक्षाका भाइबहिनीहरू कार्यक्षेत्र भित्रका सहकारी प्रतिनिधि  लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा संस्थाको तर्फबाट स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष मेनुका घिमिरे राख्नुभएको थियो । त्यस्तै संस्थाकी अध्यक्ष उर्मिला कार्कीले संस्थागत प्रतिवेदन, कार्यक्रम संयोजक दिपक न्यौपानेले कार्यक्रमगत प्रतिवेदन र प्रशासनिक तथा वित्त अधिकृत शर्मिला मगरले आ.व ०७७/०७८ को  आय व्यय विवरण प्रतिवेदन पेस गर्नुभएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि महतले ग्रामीण ले साच्चै ग्रामीण भेगका दिदीबहिनीहरुलाई सहयोग गर्दै आएकोमा आभार प्रकट गर्दै आगामी दिनमा आफूले आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भयो साथै कोभिड  संक्रमण पुनः बढ्न थालेकोले सामाजिक दुरी कायम का साथै मार्क्स प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रमकी विशिष्ट अतिथि एवं जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनिकले संस्थाको पारदर्शीता को लागि सामाजिक परिक्षण महत्वपूर्ण हुने बताउँदै ग्रामीण को कार्यक्रमगत अनुगमन जानेक्रममा आफूले कार्यक्रम प्रभावकारी पाएको र अझ आगामी दिनहरु मा दुर्बेसनीमा फसेका युवालाई परिवर्तनका संवाहक कार्यक्रममा आवद्ध गराउन जोड दिनुपर्ने साथै युवा भाइबहिनीहरुलाई स्थानिय तह प्रदेश सरकार संग बजेट तथा कार्यक्रममा गर्न आग्रह गर्दै आफूले समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्तव्य राख्नु हुँदै कार्यक्रमकी विशेष अतिथि रहनुभएकी रमिला सापकोटाले ग्रामीण जस्ता संघसंस्था कारणले अब दिदीबहिनीहरुले हरेक क्षेत्रमा नेतृत्व गर्नसक्ने क्षमताको विकास भएको बताउनुहुदै ग्रामीणले अब नगरलाई समेत आफ्नो कार्यक्रमको केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो सामाजिक परीक्षण गरेकोमा प्रशंसा गर्नुहुदै आगामी दिनहरुमा गैर सरकारी संस्था सदैव साथ रहने बताउनुभयो ।

सो कार्यक्रममा युवा सञ्जालकी अनुजा गुरुङले आफूले मनहरीको पदहस्तान्तरण कार्यक्रमबाट सिकी मनहरि गाउँपालिकाको बाल संरक्षण नीति २०७८ अनलाइन बाल संरक्षण नीति समावेश गर्न पहल गर्न सकेको बताउनुभयो, त्यस्तै बाग्मती गाउँपालिकाका सरोज विकले आफ्नो ब्यक्तित्व विकासमा परिवर्तनका संवाहक सहजीकरण कक्षा तथा ग्रामीण ले ठुलो भूमिका खेलेको बताउनुभयो भने मनहरी ३ की संदिशा मल्ल ठकुरीले परिवर्तन संवाहक  सहजीकरण कक्षाले आफ्नो समुदायमा बालविवाह न्यूनीकरण गर्न सहयोग पुर्याएको बताउनुभयो ।

कार्यक्रम ग्रामीण महिला सेवा केन्द्रकी सचिव अचला शर्माले सञ्चालन गर्नुभएको थियो भने राष्ट्रिय बाल संजाल का केन्द्रीय अध्यक्ष एवं बाल कल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup