१५ माघ २०७८-प्रेस सेन्टर मकवानपुर शाखाले हेटौंडामा कवि तथा पत्रकार स्वः कृष्ण सेन (इच्छुक) लाई सम्झना गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । प्रेस सेन्टर नेपालले १८ औं स्थापना दिवसको अवसरमा केन्द्र, प्रदेश, जिल्ला नगर पदाधिकारीको उपस्थितिमा गरिएको कार्यक्रममा कवि तथा पत्रकार स्वः इच्छुकको सम्झनामा गरिएको कार्यक्रममा उनको योगदानको सम्झना गर्दै उनको बलिदानलाई ओझेल पर्न नदिने र कर्तव्य र नीतिको पालनासहित कार्य गरेर इच्छुकको योगदानको कदर गर्ने प्रतिवद्वता जनाए । प्रेस सेन्टर नेपालले १८ औं स्थापना दिवसको अवसरमा देशभर बिभिन्न कार्यक्रम गरेको छ । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सञ्चार क्षेत्रमा काम गर्ने केन्द्रनिकट सञ्चारकर्मीको संगठन प्रेस सेन्टरको उल्लेखनीय भूमिका रहेको बताएका छन् । प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दि“दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले देश, जनता र श्रमजीवी वर्गको हितमा काम गरी सेन्टरले आफूलाई उभ्याउनेमा विश्वास रहेको बताउ“दै सेन्टरका संस्थापकहरु, सम्पूर्ण तहका पदाधिकारीदेखि प्रेस सेन्टर परिवार र सम्पूर्ण नेपाली श्रमजीवी पत्रकारमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । २०१३ कात्तिकमा भारतको देहरादुनमा जन्मिएका क्रान्तिकारी धारका कवि तथा पत्रकार इच्छुक जनयुद्धस“ग सम्बन्धित रहेर समाचार प्रकाशन गरेको अभियोगमा पक्राउ परेका थिए । २०५९ सालमा पक्राउ परेका जनादेश साप्ताहिकका सम्पादक इच्छुकलाई महेन्द्र पुलिस क्लबमा राखिएको थियो भने पुलिस क्लबको हिरासतमै उनको मृत्यु भएको थियो ।