१८ माघ २०७८
मकवानपुरगढी गाउँपालीका वडा नम्बर ६ धन डाँडा स्थीत मातातिर्थ धनेश्वर मन्दिर परिसरमा सरसफाई गरिएको छ । ४० जना स्थानिय युवाहरुको सक्रियतामा सरसफाई गरीएको होे । सरसफाई अभियान टोलीले मकवानपुरगढी गाउँपालीका भित्र रहेका मठ–मन्दिर,पार्टी–पौवा सरसफाई गर्ने अभियान अन्तरगत यस मन्दिरमा सरसफाई गरिएको सरसफाइ अभियान्ता अधिबक्ता रामशरण लामिछानेले बताउनु भयो ।
घुम्नका लागि रमणिय यस ठाउँ धार्मिक र पर्यटकीय दृष्टिकोणबाट महत्वपुर्ण रहेको लामिछानेले बताउनु भयो । यस मन्दिरमा माता तिर्थ औशी र शिव रात्रीमा मेला लाग्ने गरेको छ । परापुर्ब कालमा राजाले धन गाडेकाले यस ठाउँको नाम धनडाँडा रहन गएको किम्बद्धन्ती रहेको छ । १० रोपणी क्षेत्रफलमा फैलिएको यस मन्दिर परिसरमा माताको मन्दिर र २ वटा कुण्ड पनि रहेको छ । यस क्षेत्रको संरक्षणको लागि मकवानपुरगढी गाउँपालीकाले बजेट बिनियोजन गरेर काम सुरु गरेको वडा नम्बर ६ का वडा अध्यक्ष टिका दहालले जानकारी दिनु भयो ।