२९ माघ २०७८ –
मकवानपुर गढी २ मा रहेको ग्रामीण महिला स्वावलम्बन संस्थाको सक्रिय परियोजना अन्तर्गत २ दिने बाल अधिकार समितीका पधादिकारीहरुलाई गुनासो सुनुवाई संयन्त्र, समुदायमा आधारित अनुसन्धान कार्यको प्रतिवेदन, बाल श्रमको प्रक्रिया नक्सांकन सम्वन्धि अभिमुखिकरण कार्यक्रम मकवानपुर गढी २ शिखरकटेरीमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन संस्थाकी अध्यक्ष एबं मकवानपुरगढी गाउपालिकाकी उपाध्यक्ष हर्क माया रुम्बाको सभाध्यक्षता तथा विश्वो शिक्षा नेपाल काठमाण्डौको सक्रिय परियोजना निर्देशक रुप श्री जोसीको प्रमुख आथित्यतामा भएको थियो ।
मकवानपुर गलैचा र ईटा भट्टामा काम गर्न जाने बाल श्रमिकको श्रोत जिल्लाको रुपमा रहेकोले त्यसको न्यूनीकरण तथा रोकथामको लागी स्थानीय बाल अधिकार समिती वडा बाल अधिकार समिती समुदायमा श्रम सम्वन्धि क्षमता अभिवृद्धि गरि परिचालन गर्नु मुख्य उद्देश्य रहेको संस्थाका कार्यक्रम व्यवस्थापक सोम बहादुर स्याङ्तानले बताउनु भयो ।
कार्यक्रममा सहजकर्ताहरुले गुनासो सुनुवाईको प्रणाली औचित्य र पालिका तथा वडामा यसको कार्यन्वयन अवस्था र प्रभावकारीताका साथै बाल श्रमको सवालमा यस प्रणालीले खेलेको भुमिका सबन्धमा सहजीकरण भएको थियो तेस्तै यस संस्था अन्तर्गत मकवानपुरगढी, बकैया र भीमफेदी गाउपालिकामा गलैचा र ईटा भट्टामा काम गर्न जाने २९ जना बाल श्रमिक तथा १ सय २८ जना बाल श्रमिकहरुको परिवारको तथ्यांक सङ्कलनको लागी समुदायमा आधारित अनुसन्धान कार्यको प्रतिवेदन प्रस्तुतीकरण गर्नुभएको थियो ।
तेस्तै बाल बालिकाहरु बाल श्रममा जानुको मुख्य कारण, कर्ता र तिनको भूमिका पहिचान गर्नको लागी प्रकिया नक्सांकनको बारेमा सहजीकरण गर्दै बाल श्रमका लागी बालबालिकाहरु स्थानीय स्तरबाट उद्योग कालकारखाना सम्म पुग्ने अवस्थामा सन्गलन हुने व्यक्ति तथा भूमिकाको बारेमा जोड गरिएको कार्यक्रम व्यवस्थापक र स्याङ्तानले बताउनु भयो ।
कार्यक्रमको सहजीकारण विश्वो शिक्षा नेपालका बरिष्ठ अधिकृत तुल बहादुर बाँनिया, ग्रामीण महिला स्वावलम्बन संस्थाका कार्यक्रम व्यवस्थापक सोम बहादुर स्याङ्तान, तथा ग्रामीण महिला स्वावलम्बन संस्थाका कार्यक्रम अधिकृत भक्त लामाले गर्नुभएको थियो ।