२०७८ माघ २९ गते

मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा माघ २७ गते देखि सचालित रैथाने बाली कोदो र फापरको परिकार बनाउने तालिम आज एक समारोहका वीच सम्पन्न भएको छ ।
स्थानीय उत्पादन प्रवर्द्वन, विविधिकरण र व्यवसायीकरण गर्न उदेश्यले सचालन गरिएको तालिममा सवै वडाको प्रतनिधित्व हुने गरि होमस्टे, होटल, खाजा घरका सचालक एवम् कृषि प्राविधिक गरि २२ जनाको सहभागिता रहेको थियो ।
तालिममा कोदो र फापरको विभिन्न परिकारहरु म:म:, पिज्जा, दुनोट, हलुवा, निमकिन, बिस्कुट पाउरोटी, महफिन, प्यान केक, कप केक, बटर केक, बाल आहार (लिटो) लगायतका परिकारहरु बनाउन सिकाइएको छ ।
नेपाल कृषि अनुसन्धान परिषदका खाद्य वैज्ञानिक प्रविण अाेझाले परिकार बनाउन सहजीकरण गर्नुभएको थियो भने बाली विकास तथा जैविक विवधता सरक्षण केन्द्रका प्रमुख (सहसचिव) डा रामकृष्ण श्रेष्ठले रैथाने बालीको महत्व र उपयोगिताको विषयमा सहजीकरण गर्नुभएको थियो ।

तालिमसँगै परिकारहरु पालिकामा सधै उपलब्धताको सुनिश्चित गर्न तालिममा सहभागी भएका मध्येबाट निश्चल होटलका सचालकलाई गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले OTG Oven मेशिन हस्तान्तरण गर्नुभयो । साथै आवश्यकता अनुसार तालिमका अन्य सहभागीहरुलाई समेत उपलब्ध गराउने बतउनुभयो ।
गाउँपालिका अध्यक्ष बिदुर हुमागाईको सभाध्क्षतामा तालिम कार्यक्रम समापन गरिएको हो । समापन समारोहमा प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, नुख्य प्रशिक्षक प्रविण अोझा, ३ नम्बरका वडाध्यक्ष भागवत घिमिरे, कृषि शाखा प्रमुख चन्द्रकान्त चैाधरी, मनकामना दुग्ध सहकारीका अध्यक्ष अर्जुन प्रसाद दाहाल, पत्रकार एमपी शर्मा लगायतका उपस्थिति रहेको थियो ।
