मकवानपुरगढीमा कोदो र फापरको परिकार प्रदर्शनी

मकवानपुरगढी गाउँपालिकामा उत्पादन हुने रैथाने बाली कोदो र फापरको परिकार आइतबार प्रदर्शन गरिएको छ । विहीबारबाट गाउँपालिकामा तीन दिने तालिम पश्चात तयार पारिएको परिकार आइतबार प्रदर्शनी गरिएको हो ।

गाउँपालिकाकाका अध्यक्ष विदुर हुमागाईले कोदोबाट बनेको केक काटेर परिकार प्रदर्शनीको उद्घाटन गरिएको थियो । कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिना, वडा नम्बर ६ का वडा अध्यक्ष टिका प्रसाद दहाल, प्रमुख प्रशासकीय अधिकृत रामुकमार पुडासैनी, कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरी लगायतको अतिथ्यता रहेको थियो ।

गाउँपालिका कृषि विकास शाखाको आयोजनामा तालिममा कोदो र फापरको हलुवा, निमकिन, बिस्कुट, कप केक, बटर केक, प्यान केक, कुकिज, पिजा, पाउरोटी, दुनोट, मःम जस्ता २१ थरिका परिकार बनाइएको थियो ।

नेपाल कृषि अनुसन्धान परिषदका बैज्ञानिक (खाद्य) प्रविण ओझाले प्रशिक्षण दिएका थिए । तालिममा सवै वडाका टोल, होमस्टे, खाजा घरका संचालक र कृषि प्राविधिकहरुको सहभागीता रहेको थियो ।

सोमबारबाट वडा नम्बर ३ मा रहेको निश्चल होटल र वडा नम्बर २ ठुलोगढीमा रहेको आनन्द होमस्टेमा कोदो र फापरका परिकारहरु पाइने कृषि शाखा प्रमुख चौधरीले बताए । उनले गाउँपालिकाका करिब तीन सय हेक्टर जमिनमा कोदो उत्पादन हुने गरेको बताए ।

विशेष गरी वडा नम्बर ४ कोदोको लागि पकेट क्षेत्र रहेको उनले बताएका छन् । वडा नम्बर ४ मा रहेको अपाङग तथा विपन्न कृषि सहकारी संस्थाले खलमा पिसेको कोदोको पिठो र कोदो पनि विक्री गर्दै आइरहेको जनाइएको छ ।                                – श्रीराम अर्जुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *