गढीमा योजना निर्माण चरण प्रक्रियामा युवा सहभागिता सम्बन्धि पालिका स्तरीय बैठक सम्पन्न ।

 

२०७८ फागुन ०३ – ग्रामीण महिला सेवा केन्द्र हेटौडा को आयोजनामा मकवानपुर गढी गाउँपालिका को कार्यालयमा योजना निर्माण चरण प्रक्रियामा युवा सहभागिता सम्बन्धि पालिका स्तरीय बैठक सम्पन्न गरेको छ ।

कार्यक्रममा मकवानपुर गढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईं उपाध्यक्ष हर्क माया रुम्बा प्रमुख प्रशासकीय अधिकृत राम कुमार पुडासैनी सहित स्वास्थ्य, शिक्षा,योजना ,महिला बालबालिका तथा जेष्ठ नागरिक, प्रशासन साखाका प्रमुख तथा प्रतिनिधी तेस्तै ग्रामीण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक एस. वि.सि.सि सहजकर्ता, युवा संजाल सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा हाल योजना निर्माण प्रक्रियामा युवा सहभागिता, बाल बालिकाको क्षेत्रका विषयमा बृहत छलफल भएको हो ।

छलफलमा सहभागी युवा संजालका सदस्यले युवा तथा बाल बालिकालाई योजना निर्माण प्रक्रियामा समाबेश गर्न नसकिरहेको र अझै पनि बाल विवाह न्यूनीकरण हुन नसकेकोमा पालिकाको ध्यान केन्द्रित गर्नु भएको थियो ।

बैठकमा छलफलमा भाग लिदै पालिका अध्यक्ष हुमागाईंले पालिका बाल मैत्री अभियानमा लागेपछी हाल सम्म ३७ जनाको बाल बिवाह बदर गरिसकेको र आगामी दिनहरुमा युवाहरुलाई बाल विवाह न्युनिकरणमा अभियन्ताको बृहत छलफल गर्नुपर्ने बताउनु भयो ।

छलफलमा भाग लिने क्रममा प्रमुख प्रशासकीय राम कुमार पुडासैनीले बस्ति बस्ती टोल टोलमा बाल विवाहको बारेमा छलफल हुन थालेकोमा खुसि ब्यक्त गर्दै युवाले विभिन्न योजना निर्माण समितीमा सहभागि हुन सक्ने हुदा त्यसमा आबद्ध हुन अनुरोध समेत गर्नु भयो भने पालिकाको कार्यपालिका बैठकमा समेत १ बालक र एक बालिका को उपस्थिती हुनेगरेको बताउनु भयो त्यस्तै बाल मैत्री पालिकाको आभियानमा युवाहरुले व्यापक प्रशार प्रचार गर्नुपर्ने बाताउदै आफुले आगामी दिनमा युवा सहभागीता केन्द्रित कार्यक्रम गर्न पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो  ।

बैठक को सहजिकरण ग्रामीण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दिपक न्यौपानेले गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin