स्वास्थ्यकर्मीहरुका लागी लाल्छना रहित किशोरकिशोरिमैत्री यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्वन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

२०७८-फागुन १२ , मकवानपुर गढी गाउपलिकका स्वास्थ्यकर्मीहरुका लागी लाल्छना रहित किशोरकिशोरिमैत्री यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्वन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

बिशेषगरी स्वास्थ्यकर्मीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि जानकारी प्रदान गर्दै स्वास्थ्य सस्थामा किशोर किशोरी मैत्री कक्षको ब्यबस्था गरि सेवा प्रदान गर्न उत्प्रेरणा स्वरूप  सहजीकरण भएको हो ।

प्लान ईन्टरनेशनल र ग्रामीण महिला सेवा केन्द्रको नेतृत्व र निर्णय कार्यक्रम अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।

ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष उर्मिला कार्कीको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्नुदै सहभागी लक्ष्मण दहालले सार्है राम्रो कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिनुहुदै यही फागुन महिना भरमा सहिद रुद्र बाटिका स्वास्थ्य ईकाईमा किशोर किशोरी मैत्री कक्षको ब्यबस्था गरि सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

तेस्तै संस्थाकी अध्यक्ष उर्मिला कार्कीले स्वास्थ्यकर्मीको बोलीले धेरै प्रभाब पर्ने हुदा सो कुराम ध्यानदिनुपर्ने स्मरण गराउनु भयो ।

कार्यक्रममा गढी गा.पाका ८ वटै स्वास्थ्य संस्थाका कुल १६ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण स्वास्थ्य सेवा बिभागका बिनोद जोशी, प्लान ईन्टरनेशनलका निराजन खड्काले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup