मकवानपुरगढी गाउँपालिकाले भव्यताका साथ मनायो अन्तर्राष्ट्रिय नारी दिवस

२०७८ फागुन २४

मकवानपुरगढी गाउँपलिकाले ११२ औ अन्तर्राष्ट्रिय नारी दिवस भव्यताका साथ मनाएको छ पालिकाले आज गढी २ कुर्लेमा बिशेष कार्यक्रमको आयोजना गरि मनाएको हो ।

पालिकाकी उपाध्यक्ष हर्क माया रुम्बाको सभाध्यक्षता जिल्ला समन्वय समितिकी उप- प्रमुख भगवती पुडासैनीको प्रमुख आथित्यमा कार्यक्रम भएको हो कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पालिकाका अध्यक्ष बिदुर हुमागाई बिशेष अतिथिमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी हुनुहुन्थियो ।

सो कार्यक्रममा पालिकाका वडा अध्यक्षहरु  बिभिन्न संघ संस्था सहकारीका प्रतिनिधि ईलाका प्रहरी कार्यालय मकवानपुरगढीका ईन्चार्ज पालिकाका कर्मचारी संचारकर्मी स्थानीयको  उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्नु हुदै वडा नं २ का वडा अध्यक्ष बखान सिंह पाख्रिनले हरेक बस्तीका नारीहरु हिंशा मुक्त हुनको लागी आफ्नो कुरा राख्ने बाताबरण सिर्जना गर्नमा सबैले जोड दिदै आमाको नाम बाट नागरिकता प्राप्त गर्न सक्ने कानुनी व्यवस्था रहेपनि प्रभावकारी ढंगबाट कार्यन्वयन हुन नसकेको बताउनुभयो ।

तेस्तै कार्यक्रमका विशिष्ट अतिथि समेत रहनुभएको पालिकाका अध्यक्ष बिदुर हुमागाईले अब महिलाहरु समाज रुपान्तरणमा सक्षम रहेको बताउदै कोहीपनि महिलालाई हिंशा भएमा आफ्नो स्थानीय तहमा खुल्ला तथा गोप्य ढंगबाट ढुक्क संग उजुरी गर्न सक्ने व्यवस्था रहेकोले हिंशा सहेर नबस्न समेत आग्रह गर्नुभयो साथै सबैलाई बालमैत्री पालिका घोषणा अभियानमा सहभागी हुन अनुरोध गर्नुभयो ।

कार्यक्रमकी प्रमुख अतिथि  समन्वय समितिकी उप- प्रमुख भगवती पुडासैनीले हेटौडाबाट सुरु गरिएको आन्दोलनले सार्थकता पाउदै नेपाल स्थान पाएकोले श्रमिक नारी दिवस हाल देशभर मनाउन पाइएको बताउदै महिलाहरु उद्धमी नभएसम्म महिला शसक्तिकरण हुन नसक्ने भएकोले अब महिला उद्धमी बन्न समेत केन्द्रित हुनेबेला आएको बताउनुभयो ।

सोहि अवशरमा २६ वर्ष देखी महिला तथा बालबालिकाको क्षेत्रमा बिताउनुभएका पलिकाकी महिला बालबालिका तथा जेष्ठ नागरिक साखा प्रमुख मन्दिरा थापालाई सम्मान गरिएको थियो संगै गढीका ८ वटै वडाका १/१ जना उत्क्रिस्ठ महिला उद्धमीहरुलाई सम्मान गरिएको थियो जसमा १ बाट सरिता अधिकारी २ बाट ज्ञानु क्याप्साकी मगर ३ बाट लक्ष्मी लम्साल ४ बाट सुमित्रा लामिछाने ५ बाट सावित्रा फुयाल ६ बाट कमला गौतम ७ बाट फुलमाया रुम्बा र ८ बाट ज्योति माया रुम्बा सम्मानित हुनुभएको हो कार्यक्रममा कालिबन नौमती बाजा समुहले बाजा सहकारीहरूले दोहोरी गित, समुहका सहभागीले नाटक र  सक्षम युवा संजालकी सामना फुयालले कविता प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी आउन तथा जान गढी ३ ४ ५ र ६ बाट बस सेवा उपलब्ध गरेको थियो भनेकार्यक्रमको संचालन विष्णू ढुंगानाले संचालन गर्नुभएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin