११२ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा युवा संजालको सक्रियता विविध कार्यक्रम आयोजना

२०७८ फागुन २५

११२ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा युवा संजालहरुले विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन् सोहि क्रममा मकवानपुरगढी गाउँपालिका वडा नं २ को सक्षम युवा संजालले र्याली तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ उक्त र्याली मकवानपुरगढी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी भएको थियो कार्यक्रममा संजालकी सदस्य सामना फुयालले कविता प्रस्तुत गर्नुभएको थियो ।

यस्तै मनहरी गाउँपालिका वडा नं ३ को हाडीखोला युवा संजालका सदस्यहरुले बाल विवाह लैंगिक हिंशाको बिषयमा सडक नाटक प्रस्तुत गर्नुभयो भने बागमती ७ मा रहेको पाथिभारा युवा संजाल बागमती ८ को शान्ति युवा संजालका सदस्यहरुले संयुक्त रुपमा वक्कतृत्वकला तथा अन्तरक्रिया कार्यक्रम संचालन गर्नुभएको हो ।

यता हेटौडा १५ भोर्लेमा संयुक्त युवा संजालका सदस्यहरुले महिला हिशा, बाल विवाह लागुऔषध विरुद्ध नाटक प्रदर्शन गर्नुभएको छ  । यहि अवसरमा हेटौडा १२ मा एकता युवा संजालले पनि सडक नाटक प्रस्तुत गर्दै छ ।

यी सबै स्थानमा कार्यक्रम संचालन गर्न प्लान ईन्टरनेशनल र ग्रामीण महिला सेवा केन्द्रले आर्थिक सहयोग गरेको ग्रामीण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दिपक न्यौपाने दिप ले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup