सहकारीहरुको क्षमता अभिवृद्धिको लागी ३ दिने प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम सुरु

२०२८ फागुन २६ –

हेटौडा उपमहानगरपालिकाको आर्थिक सहयोग तथा ग्रामीण महिला सेवा केन्द्र हेटौडा ५ को आयोजनामा सहकारीहरुको क्षमता अभिवृद्धिको लागी ३ दिने प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम आजबाट हेटौडामा सुरु भएको छ ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष उर्मिला कार्कीको अध्यक्षता तथा हेटौडा उपमहानगरपालिका नगर प्रमुख हरि बहादुर महतको प्रमुख आतिथ्यमा भएको तालिमको उद्धघाटन कार्यक्रम भएको हो ।

सो कार्यक्रममा हेटौडा ५ की वडा सदस्य सरस्वती दहाल तथा हेटौडा उपमहानगरपालिकाको सहकारी विभाग प्रमुख हिम पौडेलको बिशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्नुहुदै उपमहानगरपालिकाको सहकारी विभाग प्रमुख हिम पौडेलले हाल हेटौडा उपमहानगरपालिका भित्र २२३ वटा सहकारी रहेका छन् ती सहकारीहरूलाई व्यवस्थित बनाई देशकै अब्बल सहकारी बनाउने अभियानमा उपमहानगरपालिका लागिपरेको अवस्थामा यो तालिमले सहकारीहरूलाई व्यवस्थित बनाउन ठुलो मद्दत पुग्ने बताउनुभयो ।

तेस्तै प्रमुख अतिथि महतले यो तालिम मा सिक्ने ज्ञान सीपलाई ब्यबहारमा कार्यन्वयन गर्न तयार हुन सहभागीलाई अनुरोध गर्नु भयो ।

कार्यक्रममा आफ्ना भनाई राख्नुहुदै कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएकी उर्मिला कार्कीले प्रस्तावना लेखन हरेक क्षेत्रमा लागुहुने भएकोले सबै सहभागीहरुलाई सक्रिय सिकाईमा केन्द्रित हुन भन्नु भयो ।

२८ गते सम्म संचालन हुने सो तालिममा दिपेन्द्र पाठकले सहजीकरण गर्दै हुनुहुन्छ भने कार्यक्रम ग्रामीण महिला सेवा केन्द्रकी सचिब अचला शर्माले संचालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin