२०७८ चैत्र १४ – बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय हेटौडाको आयोजनामा युवा माझ परिवार नियोजनका साधनको घड्दो उपयोग र सुरक्षित गर्भपतन सम्बन्धि प्रादेशिक बैठक स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठको अध्यक्षतामा हेटौडामा बसेको छ ।
बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका माननीय स्वास्थ्य मन्त्रि निमा लामाको प्रमुख आथित्यतामा बसेको बैठकमा मन्त्रालयका सचिब बद्रि बहादुर खड्का, भिभिन्न महासाखा प्रमुख,जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि, हेटौडा तथा मकवानपुरगढीका स्वास्थ्य साखा प्रमुखहरु, भिभिन्न स्वास्थ्य साखा प्रमुख स्वास्थ्य स्वयम् सेविका पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
बैठकमा स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत इन्द्रमणी भण्डारीले बागमती प्रदेशको हालको स्वास्थ्य तथ्यांक प्रस्तुत गर्नुभएको थियो उहाले यस आ.व ०७७/०७८ मा कम्तीमा पनि एक पटक गर्भवती परिक्षण गर्ने ९०% रहेका २० वर्ष मुनि एक पटक गर्भवती परिक्षण गर्ने १३ हजार ३ सय ५ जना रहेको त्यस्तै २० वर्ष मुनिका १० % ले गर्भपतन गरेको तथ्यांक प्रस्तुत गर्नुभयो ।
सो बैठकमा भिजिवल ईम्प्याक्याट संस्थाकी कार्यक्रम व्यवस्थापक सिल्पा लामिछानेले संस्थाको परिचय दिदै सो संस्थाले बालिका, युवा, तथा महिलाको क्षेत्रमा काम गर्ने गरेको बताउदै सुरक्षित गर्भपतनको बारेमा सहजीकरण गर्नुभयो भने सोहि संस्थाकी मनिषा थापाले परिवार नियोजनका साधनको घड्दो अवस्थाको बारेमा तथ्यांक प्रस्तुत गर्दै बागमती प्रदेशको आ.व ०७५/०७६ मा ३२% तेस्तै आ.व ०७६/०७८ मा ३७% ले साधन प्रयोगमा कमि आएको हुनाले किन कमि आएको र परिवार नियोजनको साधन प्रयोगमा वृद्धि गर्न सकिने ७ सुझाबको बारेमा सहजीकरण गर्नुभएको थियो ।
बैठकमा मन्त्रालयका सचिब बद्रि बहादुर खड्काले मन्त्रालयमा तथ्यांक सङ्कलनमा कठिनाई रहेको बताउदै अब गर्भपतनलाई न्यूनीकरण गर्न आवश्यक रहेको बताउनुभयो ।
बैठकका प्रमुख अथिति एबं बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका माननीय स्वास्थ्य मन्त्रि निमा लामाले युवाको नेतृत्व रहेको संस्थाके प्रभावकारी काम गरको बताउदै अन्य प्रदेशमा भन्दा बागमती प्रदेशका ११९ विद्यालय मा एक विद्यालय एक नर्स कार्यक्रम संचालन रहेकोले फरक रहेको बताउनुभयो भने कुनै पनि तथ्यांक प्रस्तुत गर्नुपूर्व अध्ययन गर्न जोड दिनु हुदै अब किशोर किशोरीहरुको लागी निर्माण भैरहेका अस्पतालमा छुटै कोठाको ब्यबस्थापन हुने जानकारी दिनुभयो ।
स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठकोले अब हरेक कोशोर किशोरीहरुले खुलेर बोल्न सक्ने बातावरण सृजना गर्न सबैले जोड दिनुपर्ने भन्दै आगामी दिनहरुमा युवाको सम्बोधन गर्न के के कार्यक्रम गर्न जरुरी छ त्यो सोच्दै कार्यक्रम बनाउन आवश्यक रहेको बताउनुभयो ।
उक्त बैठक संचालनका लागी भिजिवल ईम्प्याक्याटले सहकार्य गरेको थियो ।